३५ करोड प्रतिकेजी युरेनियम बिक्रीको डिल गर्ने क्रममा काँग्रेस नेता महत सहित ८ जना होटल हायातबाट पक्राउ

३५ करोड प्रतिकेजी युरेनियम बिक्रीको डिल गर्ने क्रममा काँग्रेस नेता महत सहित ८ जना होटल हायातबाट पक्राउ

  • मङ्लबार, फाल्गुन ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 20.5K
    SHARES

‘युरेनियम’जस्तो पदार्थ कारोबार गरेको आरोपमा नेपाली कांग्रेस ललितपुरका नेता नवराज महतसहित ८ जना होटल हायातबाट पक्राउ परेका छन् ।
६० वर्षीय महतसहित ८ जनालाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले हायात होटलको कार पार्किङ क्षेत्रबाट पक्राउ गरेको हो। उनीहरुलाई युरेनियम जस्तो पदार्थ सहित कारबाटै नियन्त्रणमा लिईएको हो ।
महत गत निर्वाचनमा प्रदेश सभाका उम्मेद्धार रहेका थिए ।
काठमाडौं महानगरपालिका(६ बौद्धस्थित हायात रिजेन्सी होटेलको कम्पाउण्डको कार पार्किङ क्षेत्रबाट २ किलो ८ सय ग्राम युरेनियमजस्तो देखिने पदार्थसहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने ३४ वर्षीय भूपेन्द्र खड्का, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-६ महाँकाल बस्ने ४० वर्षीय रामकृष्ण लामिछाने, सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका-३ घर भई काठमाडौं ठमेल बस्ने ४० वर्षीय गोपिलाल दास, सिरहा वरियापारपट्टी गाउँपालिका-१ घर भई ठमेल बस्ने ५५ वर्षीय जिवछ नारायण यादव, महोत्तरी घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ शिवचोक बस्ने ३८ वर्षीय सुरेन्द्रप्रसाद चौधरी छन्।

यस्तै, भारत बिहार चनादहोता घर भएका ६३ वर्षीय उपेन्द्रकुमार मिश्र र भारत महोत्तरी एकाडारा बगैया कलुवा घर भएका ४४ वर्षीय राजु ठाकुर पक्राउ परेका छन्।

उनीहरूसँगको सोधपुछका क्रममा उक्त पदार्थ भारतबाट ल्याई प्रतिकेजी ३५ करोड रूपैयाँ मूल्यमा बिक्री गर्न लागेको खुलेको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।

उनीहरूउपर जिल्ला अदालत काठमाडौंबाट रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ अर्न्तगत मुद्दा सात दिन म्याद थप अनुमति प्राप्त अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

उक्त पदार्थ ‘युरेनियम’ हो होइन यकिन छैन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ