जनमत विभाजित बनिरहेको अवस्थामा पनि नेपाली काँग्रेस एमसीसीको पक्षमा दृढ देखिएको छ । काँग्रेस संसदीय दलको बैठकले भोलीको संसदको बैठकमै एमसीसी टेबल गर्नु पर्ने काँग्रेसले निर्णय गरेको हो ।
शुरु देखि नै काँग्रेस एमसीसीको पक्षमा रहँदै आएको छ । एमसीसी देशको हितमा रहेको , त्याहाँ कुनै राष्ट्रघात नरहेको र अनुमोदन नभएचाँही महाराष्ट्रघात हुने भन्दै काँग्रेस नेता डा. रामशरण महतले टिप्पणी गरेका छन् ।
साथै एमसीसी पारित गर्न अन्य दललाई पनि आव्हान गर्ने काँग्रेसले निर्णय गरेको छ ।
यसै गरी प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा बिरुद्ध परेको महाअभियोग प्रस्ताव पारित गर्न पनि काँग्रेसले आव्हान् गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline