असल अभिभावक

असल अभिभावक

  • मङ्लबार, फाल्गुन ३, २०७८
  • -नारायण रेग्मी

  • 20.9K
    SHARES

काठमाण्डौ कीर्तिपुरमा स्नातकोत्तर अध्ययन गर्दा हामी तरकारी किन्नको लागि नयाँबजार पुग्थ्यौ।पाङगा दोबाटो नया बजार चोकमा भक्तपुर र अन्य भेगका तरकारी ब्यापारी तथा उत्पादकले सडक पेटीमा तरकारी बेच्थे।उमेरले छ दशक पार गरिसकेका देखिने एक जना तरकारी उत्पादक किसान (ज्यापू)खर्पनमा तरकारी लिएर नया बजार सडकपेटीमा बेच्थे।तरकारी किन्ने क्रममा ति ब्यापारीको बारेमा बुझ्ने परिचित हुने अभिप्रायले मैले उनको बारेमा सोधे।उनी भक्तपुरका किसान रहेछन्।मेहनत गरेर बारीमा उत्पादन गरेको तरकारी खर्पन राखेर दिनहु बेच्न कीर्तिपुर ल्याउदा रहेछन्।प्रशस्त जग्गा रहेछ उनको त्यसको अलवा भक्तपुरमा दुइवटा भाडामा दिएका घर पनि।उनको आफ्नो कमाईले दुईवटा मिनिबस पनि किनेर भाडा चलाउन दिएका रहेछन्। छोराछोरी पनि अध्यनशिल र मेहनति रहेछन्। तीनवटा छोरा छोरी मध्ये जेठो छोरो पाटन हस्पिटलको डाक्टर,एउटी छोरी आर आर क्याम्पसमा प्राध्यापन र कान्छो छोरो इन्जिनियर पढ्दै रहेछन्। गफको शिलशिलामा मैले सोधेको तपाई यति धनि मानिस भएर पनि यो उमेरमा यतिका दु:ख किन गर्दै हुनुहुन्छ भन्ने प्रश्नको उत्तर भित्र बोधगम्य जीबनदर्शन लुकेको मैले अनुभुति गरे।मेरो प्रश्न उत्तरको क्रममा उनको त्यो बिचार अहिले पनि मानसपटलमा ताजा छ। मेरो प्रश्नको उत्तर दिने क्रममा उनले भनेक थिए-हो तपाईले भने झै म धनि पनि छु,काम नगरि खान पनि पुग्छ तर मेरो दुखको बोध मेरा छोराछोरीलाई भएन भने उनीहरु मैले कमाएर राखेको सम्पति केहि बर्षमा सक्नेछन् र म दस बर्ष अघि नै घर जग्गा गाडि भाडामा दिएर आनन्द सङग बसेको भए मेरा छोराछोरीले जम्मा गरेको सम्पति कसरी जम्मा भयो भन्ने ज्ञान नै हुन्थेन।त्यसैले उनिहरुलाई कर्म प्रति लगनशिल मेहनति बन्न र भबिष्यमा आर्थिक रुपमा अझ सम्पन्न बन्ने सस्कार दिन म यो उमेर पनि दु:ख गर्दैछु।ब्यापारीको त्यो स्तरको बोधको मर्म अहिले राम्रो सङग बुझ्दैछु।

समाजमा अधिकाम्स सभ्य धनाढ्य सम्पन शिक्षित बर्गका छोराछोरी कूलत लागू पदार्थ दुर्ब्यशनीमा फसेको थुप्रै उदाहरण भेटिन्छ।आमा बाबुहरु आफ्नै कोटीमा छोराछोरी लैजान चाहेका हुन्छन् तर असफल छन्।सम्भ्रान्त परिवारमा अभिभावकहरुको ब्यस्तताले बाबु आमा छोराछोरी बिच गाढा सम्बन्ध हुदैन।बाबु आमाको सोच छोराछोरीलाई घरायसी ब्यबहारमा सहभागि नगराउने र भौतिक सुख सुबिधाको कमि नगराउने रहेको हुन्छ। परिवारमा हुर्कदै बढ्दै जाने क्रममा जीबनका थुप्रै आबश्यक ज्ञान लिनबाट वञ्चित हुने हुदा सम्भ्रान्त परिवारका बच्चाबच्ची अब्यबहारिक बन्न पुग्छन्। उनिहरुमा शिप कला दक्षता रुचि हुदैन तर परिवारका अभिभावकहरु उनिहरु जस्तै सफल बन्न छोराछोरीलाई दबाब दिईरहन्छ र भौतिक सम्पन्नताबाट सबै बस्तु खरिद गर्न सकिन्छ भन्ने सोच हुन्छ उनिहरुमा।आमा बाबुको उचित माया नपाएका बालबालिका भड्किन थाल्छन्।हुर्कदै जादा बाबु आमाको धन सम्पति पद प्रतिष्ठाको बारे बालबालिकालाई ज्ञान हुन्छ। सहि बाटोमा बालबालिका लाग्न सकेनन् भने बाबु आमाको सम्पतिले खान पुगिहाल्छ जीबन भर भन्ने तमोगुण बढ्छ अनि बालबालिका सदाको लागि गलत बाटो तिर लम्किन थाल्छन्। सम्पति पद प्रतिष्ठा भएर पनि थुप्रै आमा बाबुहरु छोराछोरीको गलत आदत बानि ब्यबहारका कारण प्रताडित हुन बाद्य छन्। कतिपय सन्ततिले आमा बाबु जिबित रहदै सम्पति पद प्रतिष्ठा इज्यतको लिलामी गरेको र केहि सन्ततिले बाबु आमाको मृत्यु पछि सबै सम्पति सकेर सडक तिर रुमल्लिदै हिडेका थुप्रै उदाहरणहरु भेटिन्छन्।दरबारमा जन्मिएका सुख सयलमा सुसारे बिच हुर्किएका राजकुमारहरु समेत आमा बाबुको माया ममताको अभावमा भड्किएर दुर्ब्यशनमा फसेको सोच्नै नसकिने घटना घटाएका उदाहरणहरु पनि थुप्रै भेटिन्छन् समय कालखण्डमा।

समाज रहेका निम्न आम्दानी हुने परिवारका बच्चाहरु प्राय:आमा बाबुहरु सङगै काम गर्छन्।उनीहरु बिस्तारै ब्यबहारिक बन्दै जान्छ।नपढेर गरिब भएर बाबा आमालाई दु:ख भएको हो भन्ने निष्कर्षमा पुग्छन् र पढ्ने धनि बन्ने सपना देख्न थाल्छन्।अथक मेहनत परिश्रमले गर्दा हरेक क्षेत्रमा सफल हुनेहरु सामान्य परिवारमा जन्मेका हुर्केका दुख पाएका बालबालिकाहरु हुने गर्छन्।हाम्रा बालबालिकालाई पनि सानै उमेरमा नै घरायसी लगायत अन्य कार्यहरुमा सरिक गराउने हो भने बालबालिकाहरु ब्यबहारिक मेहनति बन्दै जान्छन्।शैक्षिक सस्थाहरुले पनि पाठ्यक्रममा ब्यबहारिक नैतिक शिक्षामा जोड दिए बालबालिका असल बाटोमा लाग्न सक्छन्।बालबालिकालाई सानै उमेर देखि ज्ञान ध्यान योग साधनामा लगाउने र अभिभाबहरुले नानिबाबु हरुलाई भौतिक सुख सुबिधा दिएर बिलाशी बनाउनु भन्दा सुसस्कार जीबन जिउने आय आर्जन गर्ने कला दिन सके भने बालबालिकाको लागि त्यो नित्य सम्पति बन्छ।दरबारिय सुख सुबिधा सत्ताको बागडोर त्यागेर असल सस्कार र तत्वबोध सचितानन्दको खोजि मुक्तिको मार्ग तय गरेका थुप्रै राजकुमार राजाहरु पनि नभेटिएका होइनन् इतिहासमा।बालबालिकालाई घर परिवार आश्रम शिक्षालयले गुरु सान्दिपाको जस्तै चौसट्ठी कला सस्कार जीबन लिला ज्ञान प्रवाह गर्नसके भगवान श्रीकृष्ण पुज्जनिय बने जस्तै हाम्रा बालबालिका पनि जीबन रसमय आनन्दित बनाउदै समाजका अग्रणी सफल सुखी र खुसी नागरिक कहलाउछन्।
लेखक सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर चितवनका उप प्राध्यापक हुन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी