झापा, फागुन २ गते । झापाको भद्रपुर नगरपालिका १ लाहुरे चौक का ३४ बर्षीय अमर बहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
आज बिहान साढे ५ बजे तामाङले मोबायल बिगारेको बिषयमा ३४ बर्षीय अनिता लिम्बुलाई घाटी तथा शरिरमा चक्कु प्रहार गरि आफ्नै घरमा हत्या गरेका थिए । चक्कु प्रहार गर्ने तामाङ सिमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय झापामा लगिएको छ । मृतक लाश आवश्यक कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागी मेची अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसै गरी ,मोरङ उर्लाबारी नगरपालिका ४ आइतबारे बस्ने ३५ बर्षीय गंगा प्रसाद भण्डारीले आफ्नै आमालाई चिरपट प्रहार गरी हत्या गरेका छन् । हिजो बेलुका साढे ४ बजे घरयासी बिबादका कारण ७० बर्षीया चन्द्रमाया भण्डारीलाई दाउराको चिरपट प्रहार गरेका थिए ।
चिरपट प्रहारबाट गम्भिर घाईते भएकी चन्द्रमायाको मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारेमा उपचारको राती साढे १० बजे मृत्यु भएको हो । हत्या गर्ने गंगा प्रासादलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।