नवलपरासीमा  सवारी दुर्घटना दुई जना गम्भीर घाईते 

नवलपरासीमा  सवारी दुर्घटना दुई जना गम्भीर घाईते 

  • शनिबार, माघ २९, २०७८
  • रबिन्द्र यादव

  • 4.8K
    SHARES

२९ माघ । नवलपरासी पश्चिममा मोटरसाईकल दुर्घटनामा परि दुई जना गम्भिर घाईते भएका छन।

शनिवार प्रतापपुर गाउँपालिका वडा नं. ७ सुर्यपुरा स्थित झुलनीपुर त्रिबेणी सडकखण्ड अन्तर्गत साढे चार बजे दक्षिणबाट उत्तर तर्फ जादै गरेको युपी ५६ ए यल १५१४ नम्बरको मोटरसाईकलले बिपरित दिशाबाट आउदै गरेको लु २ प २०५४ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खादा मोटरसाईकल चालक प्रतापपुर वडा नं.६ बस्ने अन्दाजी ३५ र ४० बर्षिय राजेश केवट गम्भिर घाईते भएका हुन ।

गम्भिर घाईते केवटलाई उपचारको लागी मेडिकल कलेज भैरहवा पठाईएको जिल्ला प्रहरी कार्यालय परासीका सुचना अधिकारी प्रेम बहादुर शाहीले जानकारी दिनु भएको छ ।

यसैगरि अर्को नेपाली प्लेट मोटरसाईकल भएको चालकको नाम राजेश यादव अन्दाजी बर्ष ३५ र ४० का हुन । उनको घर सुनवल नगरपालिका वडा नं १० हो । गम्भिर घाईते यादवको उपचारको लागी सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

हाल दुबै मोटरसाईकल नेपाल प्रहरीको नियन्त्रणमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ