माघ २९, काँकडभिट्टा । झापाको मेचीनगर–१४ दुहागढीमा रहेको मगमग चाउचाउको उद्योगमा भीषण आगलागी भएको छ ।
मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा शनिबार बिहान ५ बजेदेखि आगो लागेको प्रहरीले जनाएको छ ।
बिजुली सट भएर आगो लागेको प्रहरीको आशंका छ । भद्रपुर, बिर्तामोड लगायतका पालिकाका दमकलले आगो निभाउने प्रयास भईरहेको छ । बिग्रिएर थन्किएका कारण मेचीनगरको दमकल भने छैन । इलाम, मोरङ र सुनसरीबाट पनि दमकल आउँदै गरेको प्रहरीले जनाएको छ ।
आगलागीबाट के–कति क्षति भयो विस्तृत विवरण आउन बाँकी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline