अपडेटः प्युठान दुर्घटना एकै परिवारका श्रीमान श्रीमती र छोरीको मृत्यु,बेहुला बेहुली पनि घाईते

अपडेटः प्युठान दुर्घटना एकै परिवारका श्रीमान श्रीमती र छोरीको मृत्यु,बेहुला बेहुली पनि घाईते

  • शनिबार, माघ २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जन्ती जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सनाखत भएको छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप आज बिहान तीन बजे तीन सय मिटर तल खसेको थियो ।
मृत्यु हुनेमा एकै परिवारका श्रीमान श्रीमती र छोरी रहेका छन् । ३९ वर्षीय वसन्त खड्का, उनकी श्रीमती ३९ वर्षीया वसन्ती खड्का र १३ वर्षीया छोरी एलिसा खड्काको एकै पटक ज्यान गएपछि परिवार शोकमा डुबेको छ । त्यस्तै ५० वर्षीय नन्दी खड्का, ३० वर्षीया केशरी खड्का, ५० वर्षीय बलबहादुर खड्का, ३२ वर्षीय खिमबहादुर खत्री, र १८ वर्षीया विपना जिसीको पनि दुर्घटनामा मृत्यु भएको छ । सोही गाडीमा रहेका बेहुला बेहुली घाईते भएका छन् ।
दुर्घटनामा घाइते बेहुला दानबहादुर जिसी र सावित्रा जिसीको जिल्ला अस्पताल बिजुवारमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ