जन्ती लिएर जाँदै गरेको जीप बेहुलाको घर पुग्नै लाग्दा दुर्घटना हुँदा ८ जनाको मृृत्यु

जन्ती लिएर जाँदै गरेको जीप बेहुलाको घर पुग्नै लाग्दा दुर्घटना हुँदा ८ जनाको मृृत्यु

  • शनिबार, माघ २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं । प्यूठानको गौमुखी गाउँपालिकामा जन्ती बोकेर हिँडिरहेको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाईते भएका छन् । घटना आज बिहान भएको हो ।

जिल्लाको नौबाहिनी गाउँपालिकाबाट लुङबाट गौमुखी गाउँपालिका लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बर जीप दुर्घटनामा पर्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अहिले घटनास्थलमा प्रहरीले मृतकहरुको सनाखत गरीरहेको छ ।

जीपमा १३ जना सवार रहेका थिए । जिप सडकबाट तीन सय मिटर तल खसेको हो । बाटोमा पहिरो खसेका कारण दुर्घटना भएको अनुमान गरीएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ