नेपाली सीमा क्षेत्र अन्तर्गत बर्दियामा भारतीय प्रहरी हतियार सहित गैरकानुनी ढंगले नेपाल प्रवेश गरेको छ । भारतीय प्रहरीको दरोगा पेस्तोल बोकेर गाडी लिएर नेपाली भूमिमा आँउदा समेत नेपाली सुरक्षाकर्मीले उनीहरुलाई कुनै सोधपुछ र चेकजाँच नगरेको पाईएको छ ।
यूपी ५३डीके ७४०६ नम्बरको प्रहरीको गाडीमा आएका उनले पेस्तोल बोकेका थिए । उनी बर्दियाको एक पेट्रोल पम्पमा पुगी गाडीमा पेट्रोल भरेर फर्किएको पाईएको छ । उनीहरु नेपाल प्रवेश गरेको नेपाल प्रहरीले खबर समेत नपाएको बताएको छ ।
बर्दियाको सदरमुकाम गुलरियामा केही वर्ष अघि भारतीय प्रहरी हतियार लिएर आई नेपालीलाई अपहरण गर्ने प्रयास गरेका थिए । ६ वर्ष अघि स्थानीय जनताको प्रतिकारपछि भारतीय प्रहरी फर्किएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline