नर्वेली राजदूत नमोबुद्धमा, ‘महिलामैत्री असल कृषि अभ्यास’को प्रशंसा

नर्वेली राजदूत नमोबुद्धमा, ‘महिलामैत्री असल कृषि अभ्यास’को प्रशंसा

  • बुधबार, माघ १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

भकुण्डेबेशी– नेपालका लागि नर्वेली राजदूत टोरन ड्रमडालले नमोबुद्ध नगरपालिकामा सञ्चालित जलवायु अनुकुलन समाधान कार्यक्रमअन्तर्गत महिलामैत्री कार्यक्रमको प्रशंसा गरेका छन् ।
नर्वेली राजदूतावासले इसिमोडमार्फत नमोबुद्ध नगरपालिकाका ६ वटा वडामा जलवायु अनुकुलन समाधान कार्यक्रम सञ्चालन गरिरहेको छ । सिप्रेडमार्फत कार्यान्वयन भइरहेको यो कार्यक्रमको आज बुधबार स्थलगत अवलोकन गर्दै राजदूत ड्रमडालले कार्यक्रम सफल देखिएको भन्दै कार्यक्रमममा महिलाहरुको सहभागिता प्रशंसनीय भएको बताए । कार्यक्रम कार्यान्वयनको क्रममा महिलाले पुरुषलाई पनि सँगसँगै लिएर गएकाले कार्यक्रमको प्रभावकारिता अझै बढेको उनले बताए ।

यस्तै अनुगमनको क्रममा इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सोले जलवायुमैत्री कार्यक्रमअन्तर्गत थोरै पैसामा जसले पनि गर्न सकिने कामहरु राम्रोसँग भएको भन्दै खुशी व्यक्त गरे । नमोबुद्ध नगरपालिकासँगै अन्य नगरपालिकाले पनि यस्तो कार्य गर्न सके किसानहरुले राम्रोसँग लाभ लिनसक्ने उनले बताए ।
नर्वेली राजदूत तथा इसिमोडका महानिर्देशकसहितको टोलीले नमोबुद्ध नगरपालिका २ मा सञ्चालन गरिएको मुल सुधार कार्यक्रम तथा सोही वडाको कुइँकेलथुम्कामा जलवायु अनुकुलन पविधि प्रयोग गरी गरिएको तरकारी खेती कार्यक्रमको अनुगमन गरेको थियो । जलवायु अनुकुलुन तरकारी खेती कार्यक्रमअन्तर्गत कुइँकेलथुम्कामा ताजा तरकारी उत्पादन भइरहेको छ । यसले स्थानीयबासीको आर्थिक अवस्थामा पनि सुधार भएको छ ।

उक्त कार्यक्रमअन्तर्गत थोपा सिञ्चाई, छापो प्रविधि, पोखरी निर्माण, जैविक बिषादी र मोहनी पासोमार्फत किरा नियन्त्रण लगायतका काम भइरहेको छ । अनुगमन टोलीमा रहेका नर्वेली दूतावासका उर्जा र जलवायुसम्वन्धी काउन्सिलर जान एरिक स्टुडरडले आफूले कुइँकेल थुम्कामा उत्पादन गरिएको तरकारी खाइरहेको र त्यो स्वस्थकर र मिठो रहेको प्रतिक्रिया दिए । यस्तै नमोबुद्ध नगरपालिका प्रमुख टी।पी शर्मा तिमल्सिनाले नमोबुद्धमा यो कार्यक्रम सफलरुपमा सञ्चालन भइरहेको भन्दै आगामी दिनमा पनि यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।
सिप्रेडका परियोजना संयोजक किरण भुषालका अनुसार नमोबुद्धका ६ वटा वडामा सञ्चालन भइरहेको जलवायु अनुकुलन समाधान  (RMS) कार्यक्रममा झण्डै पाँच सय महिला सहभागिता छन् । यो कार्यक्रमले कृषिमा निर्भर महिलाको कार्यबोझ कम गर्नुका साथै जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिएको समस्या समाधान गर्दै असल कृषि अभ्यासमार्फत कृषि उत्पादन वृद्धिमा सहयोग पु¥याएको छ । खानेपानीका लागि टाढा जानुपर्ने, सिञ्चाईको अभावका कारण कृषिबाटै विस्थापित हुनुपर्ने समस्यालाई समाधान गर्नसमेत कार्यक्रमले प्रभावकारीरुपमा सघाएको छ ।
अनुगमन टोलीमा इसिमोडबाट इरिका उदास, माधव ढकाल, नर्वेली दूताबासबाट कमला बिष्ट, शरद कर्माचार्य, नमोबुद्ध २ का वडा अध्यक्ष सञ्जीव ढकाल, सिप्रेडका रामदेव साह लगायत पनि सहभागी थिए । अनुगमन टोलीले स्थानीय महिला समूहसँग कार्यक्रम र यसको प्रभावकारिताका विषयमा छलफल पनि गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी