काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज अफीकी मुलुक मरिससविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।
खेल साँझ ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ । गत शनिबार भएको पहिलो खेलमा मरिससलाई १–० ले हराएको नेपाल आज दोस्रो खेलमा पनि लगातार जीतको खोजीमा छ ।
आजको खेलको लागि नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ । यसअघि घोषित टिममा रहेका अनन्त तामाङ र प्रशान्त अवस्थीलाई हटाईएको छ । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले उनीहरुको ठाउँमा दर्शन गुरुङ र मनिष डाँगीलाई टिममा समावेश गरेका छन् ।
अलमुताइरीले मरिससविरुद्धको दोस्रो खेलका लागि घोषणा गरेको २३ सदस्यीय टोलीमा दुई परिवर्तन गरेका हुन् । पहिलो खेलमा विमल घर्ती मगर, जगजित श्रेष्ठ र देवेन्द्र तामाङले राष्ट्रिय टिममा पुनरागमन गर्दा सुदिप गुरुङ र आकाश बुढा मगरले डेब्यु गर्ने मौका पाएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline