कोरोना संक्रमण फैलाएको भन्दै एमाले अध्यक्ष ओली बिरुद्ध कार्बाही गर्न प्रशासनमा निवेदन दर्ता नगरेकोमा युथ काँग्रेसको आपत्ति

कोरोना संक्रमण फैलाएको भन्दै एमाले अध्यक्ष ओली बिरुद्ध कार्बाही गर्न प्रशासनमा निवेदन दर्ता नगरेकोमा युथ काँग्रेसको आपत्ति

  • सोमवार, माघ १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

भक्तपुरमा हालै कोरोना संक्रमित भएका बेला एमाले अध्यक्ष केपी ओली सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्दै आलोचना भईरहेका बेला युथ काँग्रेसले कार्बाहीको माग गरेको छ । एउटा रक्तदान कार्यक्रममा अध्यक्ष ओलीले आफूलाई पनि कोरोनाले भेटेको भाषणमै सुनाएका थिए ।
सो घटनापछि विरोध र आलोचनाई भईरहेका बेला भक्तपुरको युथ काँग्रेसले कानुन स्थापित गर्न र पालना गर्न पनि अध्यक्ष ओली बिरुद्ध कार्बाही गर्न माग गर्दै निवेदन दिन प्रशासनमा गएको तर निवेदन दर्ता नभएको भन्दै विज्ञप्ति नै जारी गरेर विरोध गरेको छ ।
हिजो भक्तपुरमा अभिजित अधिकारी र वीरेन्द्र मडैले ओली विरुद्ध निवेदन दर्ताको लागि आवश्यक प्रक्रिया पूरा गरेपनि प्रशासनले दर्ता गरेन। उनीहरुले हिजै आफूहरुको शान्ति सुरक्षाको निम्ति भन्दै ओलीलाई लक्षित गरी अर्को निवेदन लेखेपनि त्यो पनि प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो ।
त्यसपछि युथ काँग्रेसले विज्ञप्ति निकालेर निवेदन दर्ताको माग गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ