सार्वजनिक यातायातको जोर बिजोर प्रणाली हट्यो, निजी सवारी र ट्याक्सीमा कायमै

सार्वजनिक यातायातको जोर बिजोर प्रणाली हट्यो, निजी सवारी र ट्याक्सीमा कायमै

  • शुक्रबार, माघ १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, माघ १४ । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनमा लगाइएको जोर बिजोर प्रणाली हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार आदेश जारी गर्दै भोलि शनिबारदेखि लागू हुनेगरी उक्त प्रणाली हटाउने निर्णय भएको जानकारी दिएको हो ।

नयाँ आदेशअनुसार बस, माइक्रो र टेम्पोमा जोर बिजोर प्रणाली हटेको छ । तर, ट्याक्सी र निजी सवारीमा भने जोरबिजोर प्रणाली यथावत रहने प्रशासनको आदेशमा उल्लेख छ ।

यसअघि आजै बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकले ट्याक्सी र निजीबाहेकका सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गर्ने निर्णय गरेको थियो । जोरबिजोर प्रणालीले सार्वजनिक सवारीमा भिड बढेकोले झनै संक्रमणको जोखिम बढेको भन्दै जनस्तरबाट सरकारको चर्को आलोचना हुँदै आएको थियो ।

यस्तै, माघ मसान्तसम्म विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द गर्ने पनि प्रशासनको आदेशमा उल्लेख छ । यद्यपि प्राविधिक तथा भाषा परीक्षाहरु भने स्वास्थ्य मापदण्ड पालना गरी सञ्‍चालन गर्न पाउने उल्लेख छ । यसअघि सरकारले माघ १५ गतेसम्म विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्न रोक लगाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ