महोत्तरी, १२ माघ । सरकारसँग सम्झौता गरेर जेलमुक्त भएका सिके राउतले तराईमा आन्दोलन गर्ने क्रममा अराजक गतिविधि चलाउन थालेका छन् । सिके राउत समुहले बिरोध प्रदर्शनका क्रममा आज महोत्तरीमा बिरामीको उपचारका खटिएका चिकित्सकमाथि नै मरणासन्न हुने गरी आक्रमण गरेका छन् । महोत्तरीको प्रादेशिक अस्पताल जलेश्वरका मेडिकल सुपरटेन्डन्ट (मेसु) डा. सतीश कुमार साहमाथि भएको आक्रमणमा घुसपैठ भएको जनतम पार्टीले दाबी गरेको छ ।
जनकपुरको पिडारी चोकमा बुधबार मेसु साहमाथि राष्ट्रिय सभा सदस्य निर्वाचनको विरोध प्रदर्शनमा उत्रिएका सिके राउत नेतृत्वको जनमत पार्टीका नेता तथा कार्यकर्ताले आक्रमण गरेका थिए । बर्दिबास हिँडेका उनी सवार एक्कासि जनमतका कार्यकर्ताहरुले आक्रमण गरेको मेसु साहले बताएका थिए ।
आक्रमणमा परी साहको मुखमा आठ वटा टाँका लगाएर उपचार गरिएको छ भने शरीरका विभिन्न भामा चोट लागेको छ । आफू स्वास्थ्यकर्मी भएको बताउँदाबताउँदै आफूमाथि सिके राउतका कार्यकर्ताले चिर्पट प्रहार गरेको साहले बताए ।