कञ्चनपुर, १२ माघ । कञ्चनपुरका दुई युवकमा समेत ओमिक्रोन कोरोना पुष्टी भएको छ । भारतबाट फर्किएका दोधाराचाँदनी नगरपालिका २ चाँदनीका ४२ र पूर्नवास नगरपालिका २का २९ बर्षिया पुरुषमा ओमिक्रोन पुष्टी भएको हो ।
सामाजिक विकास मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ती अनुसार कञ्चनपुरको दोधाराचाँदनी र पुनर्वासका एक एक युवक सहित चार जनामा ओमिक्रोन पुष्टी भएको छ ।अर्का युवक ३३ बर्षिया बझाङ्ग र ४८ बर्षिया डोटीका रहेका छन ।
चारै जना भारतबाट प्रवेस गरेका थिए । त्रिनगर भन्सार भएर नेपाल प्रवेस गरिरहेका उनीहरुमा एन्टिजिन परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । २५ पुषमा १४६को नमुना संकलन गरेर जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौँ पठाईएको थियो ।
जसमध्ये कञ्चनपुरका दुई युवक सहित सुपका चार युवकमा एकसाथ ओमिक्रोन देखिएको हो । कञ्चनपुर तथा सुदूरमा पहिलो पटक ओमिक्रोन देखिएको छ । भारतबाट फर्किनेमा ओमिक्रोन पुष्टीभएसंगै सुदूरपश्चिम थप कोरोनाको जोखिममा परेको छ । ओमिक्रोन पुष्टी भएका संक्रमित समेत घरमै रहेका छन ।
