१५ वर्षे बालिकालाई पटक पटक बलात्कार गरेको आरोपमा एक जना पक्राउ

१५ वर्षे बालिकालाई पटक पटक बलात्कार गरेको आरोपमा एक जना पक्राउ

  • मङ्लबार, माघ ११, २०७८
  • दिपक चौरसिया

  • 7.8K
    SHARES

बिरगंज ११ माघ । बिरगंजबाट बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेको छ । बालिकालाई डरत्रास तथा अनुचित प्रभाव र दवावमा राखेर १५ वर्षीय बालिकासँग पटक–पटक बलात्कार गरेको आरोपमा वीरगञ्जबाट एक युवक पक्राउ परेका छन् ।

बिरगंजबाट पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ रामटोल निवासी २० वर्षीय भनु यादव भनिने मुन्ना प्रसाद यादव रहेका छन् । यादवले विगत लामो समयदेखि बालिकालाई डरत्रास देखाई अनुचित प्रभाव र दबाबमा पारी आफ्नै घरमा लगेर पटक(पटक बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

युवकले बालिकालाई माघ ५ गते वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ भिष्वा टोलस्थित साथीको कोठामा लगी पुनस् बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बालिकाले आफुसँग भएको बलात्कारको घटना बारे अभिभावकलाई बताएपछि उनीहरुले माघ ९ गते प्रहरीमा यादवविरुद्ध जाहेरी दर्खास्त दिएको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।

सोही जाहेरी दर्खास्तको आधारमा सोमबार प्रहरीले युवक यादवलाई उनको घरबाट नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी खनालले जानकारी दिए ।

यादवमाथि जबरजस्ती करणी मुद्दामा पर्सा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ