बालक हत्याको आरोपमा बीरगञ्जबाट पाँच जना पक्राउ

बालक हत्याको आरोपमा बीरगञ्जबाट पाँच जना पक्राउ

  • मङ्लबार, माघ ११, २०७८
  • दिपक चौरसिया

  • 8K
    SHARES

बिरगंज ११ माघ । दुई सप्ताह पछि बालकको हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । दुई सप्ताह पहिला पर्साको जगरनाथपुर गाउँपालिका वाड न ६ निवासी १२ वर्षीय मन्टु प्रसाद कुर्मीको हत्या गरि शब फेला परेको थियो उप हत्याको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ५ जना एकै परिवारका सदस्य भएको प्रहरीले जनाएको छ।

घाँटी थिचेर हत्या गरेको अवस्थमा १२ वर्षीय बालक मन्टु प्रसाद कुर्मी शब गत पुस २३ मा दिउँसो करिब ४ बजे उखु खेतमा को शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पुरानो मुद्दाको रिसइबीका कारण मन्टुको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले पर्साको छिपहरमाई गाउँपालिका वडा नं।६ भिष्वास्थित नेपाल भारत सीमाबाट माघ ८ गते पांचै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मृतक मन्टुका बुबा नागेश्वर प्रसाद कुर्मीले दिएको किटानी जाहेरी तथा अनुसन्धानबाट हालसम्म खुल्न आएका तथ्यहरूको आधारमा पाँच जनालाई पक्राउ गरी अदालतबाट म्याद थप गरिएको प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जनाए ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका– ६ निवासी ६४ वर्षीय गोबारी राउत अहिर, ५५ वर्षीय नग राउत अहिर, ३२ वर्षीय शत्रुधन यादव, ३० वर्षीय मनमोहन यादव र २५ वर्षीय रोहन यादव रहेका छन् ।

घटनाको अनुसन्धानमा मुद्दा मामिलाको रिसइबीका कारण हत्या गरेको देखिन्छ र सिलसिलामा पीडितबाट प्राप्त किटानी जाहेरी दरखास्त तथा सो सम्बन्धमा हालसम्म खुल्न आएका तथ्यहरूको आधारमा पांचै जनालाई पक्राउ गरिएको सात दिनको म्याद लिई थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ