‘एफएलएफ अवार्ड’को मनोनयन सार्वजनिक

‘एफएलएफ अवार्ड’को मनोनयन सार्वजनिक

  • शनिबार, माघ ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

काठमाडौं, ८ माघ । फाल्गुनन्द लिङदेन फिल्मस्ले आयोजना गर्दै आएको ‘एफएलएफ अवार्ड’को चौथो संस्करणको मनोनयन सार्वजनिक भएको छ । लिम्बु भाषा संस्कृतिमा बनेका म्युजिक भिडियो, पालाम र फिल्मको विधा समेटिएको अवार्डका लागि आयोजकले १७ विधाको मनोनयन सार्वजनिक गरेको हो ।

अवार्डको प्रमुख विधाअन्तर्गत ‘निर्देशन’ विधामा सागर सुब्बा, सागर केरुङ, हाङ चेम्जङ, लोकेन साँवा, ‘नायिका’मा लक्ष्मी योङहाङ, बबिता फोम्बो, रुपा आङबुहाङ, ‘नायक’मा हेमराज आञ्छाङबो, भीम थेबे लिम्बु, नरेश बनेम मनोनयनमा परेका छन् ।

त्यस्तै ‘गायिका’मा निरन्ता नेम्बाङ, मनु नेम्बाङ, मिलन नेवार, ‘गायक’मा संगम बनेम लिम्बु, सुमन लिम्बु, नरेश बनेम, ‘छायांकन’मा युवराज राई, इशक जबेगु, तिलक रिजाल मनोनयनमा परेका छन् ।

राजधानीमा शुक्रबार आयोजित मनोनयन सार्वजनिक कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक तथा पूर्वमन्त्री देव गुरुङले पूर्व मेजर जनरल होमकुमार लावती, रत्न लिङदेन लावती, आशा नेम्वाङ, नितु नेम्बाङ लगायतलाई सम्मान गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी