ललितपुर, ३ माघ । इन्जिनियर तथा आर्किटेक्टहरुले उच्चतम प्रविधिको प्रयोगमार्फत अनलाइन भोटिङ गरेर नेपाल इन्जिनियर्स एशोएिसन ३३ औं कार्यकारिणी समितिको निर्वाचन गर्न माग गरेका छन् ।
एकिकृत प्रगतिशील इन्जिनियर समूहले आज ललितपुरमा आयोजना गरेको इन्जिनियर तथा आर्किटेक्टहरुको राष्ट्रिय अनलाईन भेलामा सहभागी अधिकांशले वैकल्पिक विधिको प्रयोगद्धारा नेइएको निर्वाचन तत्काल गर्न सुझाव दिएका हुन् । उनीहरुले झण्डै डेढ बर्षदेखि कोरोना लगायतका कारण नेइएको निर्वाचन हुन नसक्दा समिति नै बन्धक जस्तै बनेकाले अनलाईन बिधिबाट भोट हाल्ने व्यावस्थासहितको निर्वाचन प्रणलीको विकास गर्न आवश्यक रहेकोमा जोड दिए । अब भौतिक उपस्थितीमा मतदान गर्नपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्दै नयाँ चुनावी प्रणालीको विकास गरेर देश विदेशमा रहेका इन्जिनियर तथा आर्किटेक्टले आफ्नै कार्यकक्षबाट समेत मतदान गर्न सक्ने अवस्था श्रृजना गर्न तर्फ लाग्नुपर्ने सुझाएका थिए ।

पछिल्लोपटक माघ ७ गते हुने ३३ औं केन्द्रिय कार्यकारिणी समिति र प्रदेशको दोश्रो कार्यकारी समितिको निर्वाचनको मिति तय भए पनि कोरोना महामारीको तेस्रो लहर सुरु भएपछि पुन अनिश्चितकालका लागि स्थगीत गरिएको छ । तर आजको भेतामा सहभागी सातै प्रदेशका इन्जिनियर तथा आर्किटेक्टले यसरी पटक पटक चुनाव सारेर नेइएलाई नेतृत्वबिहिन बनाउन नहुनेमा जोड दिए । अब दिर्घकालिन रुपमा नै मतदान प्रकृयालाई परिवर्तन गरेर टेक्नोलोजिको माध्यमबाट अनलाई नै गर्ने गरी व्यावस्था गर्नका लागि सबैले पहल गर्नुपर्ने बताए ।
झण्डै डेढ बर्षदेखि नेइएको निर्वाचन गर्न नसक्दा नयाँ पासआउट भएर आएका इन्जिनियर तथा आर्किटेक्टहरुले एशोसिएसनको सदयता पाउँनबाट समेत बन्चित भएकोप्रति पनि नेतृत्वले गम्भिरतापुर्वक सोच्नुपर्ने बताएका थिए ।
यस्तै सहभागीहरुले नेइएलाई राजनीतिक नभएर व्यावसायीक बनाउनुपर्नेमा पनि जोड दिएका थिए । उक्त भेलामा एकीकृत प्रगतिशील इन्जिनियर समुहका तर्फबाट नेइएको ३३ औं कार्यकारिणी समिति केन्द्रको पदाधिकारी तथा सदस्यका उम्मेदावार, परिषद सदस्य र सातै प्रदेशका उम्मेदावारहरु सहभागी थिए ।

भेला आयोजना गर्नुको औचित्यबारे प्रष्ट पार्दै एकिकृत प्रगतिशील इन्जिनियर समूहका संयोजक ई. सरोज कुमार उपाध्ययले नेइएको चुनाव तत्काल रोकिए पनि आफुहरुको चुनावी कार्यक्रम नरोकिएको बताए । स्वास्थ्य मापदण्डको पूर्ण पालना सहित वैकल्पिक माध्यमबाट भरपर्दो र विश्वासिलो रुपमा नै चुनाव गराई नेईएको शाख जोगाउनुपर्छ भन्ने छलफल चलिरहेकै बेला निर्वाचन नै स्थगीति गरिएकोले मितव्ययी चुनाव, स्मार्ट नेइए, सार्थक समाजवादी समाजको नमुना पेश गर्न भेला आयोजना गरिएको बताए ।
भेलामा भर्चुअल माध्यमबाट उक्त समुहबाट उम्मेदवारी दिएका केन्द्र देखि प्रदेश सबै उम्मेदवारहरुको सहभागीति रहेको थियो । एकीकृत प्रगतिशील समूहबाट सत्तारुढ नेकपा(माओवादी केन्द्र),नेकपा एकीकृत समाजवादी र जनता समाजवादी निकट इन्जिनियरहरुले संयुक्त रुपमा उम्मेदवारी दिएका छन् ।
भेलाले १३ बुँदे कुपन्डोल घोषणापत्र जारी गरिको छ ।



