माधव नेपाल नेतृत्वको नेकपा एसका विद्यार्थीले सुनिल शर्मालाई दले सिंहदरवारमै कालोमोसो

माधव नेपाल नेतृत्वको नेकपा एसका विद्यार्थीले सुनिल शर्मालाई दले सिंहदरवारमै कालोमोसो

  • शुक्रबार, पुस ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

काठमाडौं, ३० पुस । नोवेल मेडिकल कलेज तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिल शर्मामाथि कालोमोसो दलिएको छ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले शर्मालाई कालोमोसो दलेको हो ।शर्मालाई सिंहदरवारमै उनीहरुले कालोमोसो दलेका हुन्।

अनेरास्ववियुका नेता महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनको नेतृत्वम गएको टोलीले उनीमाथि कालोमोसो दलेको हो ।

कालोमोसो दल्नुअघि उनी शिक्षामन्त्रीले आयोजना गरेको छलफलमा सहभागी भएका थिए। अतिरिक्त शुल्क विवादमा विद्यार्थीहरु आन्दोलित बनेपछि मन्त्रालयले उनलाई छलफलका लागि डाकेको थियो।

छलफलपछि शर्माले छात्रावास शुल्क महँगो नलिएको स्पष्ट पारेका थिए। ‘हामीले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिन्छौं भनेका छैनौं। उनले त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको शिक्षण शुल्क एउटै होस् भन्ने आफुहरुको माग भउको बताएका थिए ।
शर्माले चिकित्सा शिक्षा ऐनमा छात्राबास उल्लेख नभए पनि नेपाल मेडिकल काउन्सिलको निर्देशिकामा छात्राबासको कुरा उल्लेख भएको बताएका थिए।

यसैबीच कालोमोसो दल्ने श्रेष्ठ र पुनलाई प्रहरीले गिरफ्तार गरेको छ । अनेरास्वियुले तत्काल उनीहरूको रिहाइको माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ