बीरगञ्जमा भारतीय रिक्सा चालक हत्यामा संलग्न पाँच जना पक्राउ

बीरगञ्जमा भारतीय रिक्सा चालक हत्यामा संलग्न पाँच जना पक्राउ

  • शुक्रबार, पुस ३०, २०७८
  • दिपक चौरसिया

  • 9.9K
    SHARES

बिरगंज २८ पुष । वीरगञ्जमा एक जना भारतीय ई–रिक्सा चालकको हत्या गर्ने ५ जना पक्राउ परेको छ । भारत बिहारको वैशाली घर भइ हाल बिरगंज महानगररपालिका वाड नम्बर ३ छप्कैया बस्ने ४५ वर्षका मुख्तार मियाँको हत्या भएको थियो । मियाँको शव गत पुस २२ गते वीरगञ्ज महानगरपालिका–२३ मा पर्ने नारायणी बयोधा अस्पतालको पछाडिको नालामा बिहिवार बेलुकी लगभग ५ बजेतिर भेटिएको थियो ।

अनुसन्धानको क्रममा उनहरुले भने आपसी झगडा हुँदा फलामको रिन्चले टाउकोमा प्रहार गरेर हत्या भएको थियो । हत्यामा संलग्न रहेका पाँच जनालाई पक्राउ गरिएको पर्सा प्रहरीले सार्वजनिक गरेको छ।

मियाँको हत्यामा संलग्न भएको आरोपमा बिहारको पूर्वी चम्पारण, मोतीहारी–६ घर भइ हाल वीरगञ्ज ३ छप्कैया बस्ने ई–रिक्सा चालक सुनिल कुमार, बारा परवानीपुर गाउँपालिका–५ बस्ने निकेश पटेल, बिहारको मुंगेरका घर भइ वीरगञ्ज ३ छप्कैया बस्ने सपन मण्डल, भारत बिहार घर भइ वीरगञ्ज ३ छप्कैया बस्ने नाजिर हुसैन र छपकैया बस्ने बाबर हुसैनलाई प्रहरीले पक्राउ गरेको हो।

हत्या गरिएका मियाँ र पक्राउ परेका मण्डल एउटै घरमा डेरा गरी बस्दै आएका थिए। प्रहरीका अनुसार उनीहरुबीच केही दिनअघि झगडा भएपछि मण्डलले मियाँको हत्या गरी फालिदिने भनि धम्की दिएका थिए। उनले सुनिललाई भेटी मियाँको हत्या गर्नको लागि ५० हजार रुपैयाँ दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

सुनिलले योजना बनाइ भारत बस्ने साथी र निकेशलाई बोलाएर मियाँसमक्ष गइ गण्डकबाट डेलिभरी केस नारायणी अस्पतालसम्म ल्याउनु छ, भनी ई–रिक्सा भाडामा लिइ दुवै जना चढेर घटनास्थलसम्म पुर्‍याएर हत्या गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

हत्यामा संलग्न रहेका पाँच जनालाई पक्राउ गरिएको तथा एक जना भारतीय नागरिक फरार रहेको उनले जानकारी दिए। पाँचै जनालाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ