थारु गीत ‘ओ सजन’को सिक्वेलमा पल र कविताको लभ केमेस्ट्री

थारु गीत ‘ओ सजन’को सिक्वेलमा पल र कविताको लभ केमेस्ट्री

  • मङ्लबार, पुस २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, २७ पुस । युट्युबमा निकै रुचाइएको थारु लभ सङ ‘ओ सजन’को सिक्वेल ‘ओ सजन २’ सोमबार सार्वजनिक भएको छ । पहिलो भागलाई युट्युबमा ३१ लाख बढीपल्ट हेरिएको छ ।

थारु भाषामा प्रेमीरप्रेमिकालाई ‘ओ सजन’ भनेर सम्बोधन गर्ने गरिन्छ । गीतमा थारु भाषामा जमिरहेका गायक नरेश जोगी, गायिकाद्धय अनु चौधरी र सोनु कुश्मीले स्वर दिएका छन् ।

रोमान्टिक शैलीमा तयार पारिएको यो गीतमा अभिनेता पल शाह फिचर्ड छन् । गीतमा उनी र मधेशी समुदायबाट उदाएकी मोडल कविता रायको क्यामेस्ट्री देख्न सकिन्छ । गीतको शब्द र संगीत पनि नरेश जोगीकै हो । गीतमा सहकलाकारका रुपमा कृष्ण जोशी, जुरी ठाकुर, विद्या कार्की, लोकेन्द्र राज चौधरी पनि फिचर्ड छन् ।

गीतको भिडियोमा विक्रम चौहानले निर्देशन र कोरियोग्राफी गरेका छन् । ‘ओ सिजनको पहिलो भागलाई धेरै मन पराएपछि दोस्रो भाग ल्याएका हौं,’ थारु गायक जोगीले भने, ‘अब यसलाई सिनेमाकै स्वरुप दिने विषयमा पनि छलफल भइरहेको छ । पल र कविताजी पनि यसमा सकारात्मक हुनुहुन्छ । छिट्टै सार्वजनिक गर्नेछौं ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी