बिद्यार्थीहरुको स्वास्थसँग महानगरपालिकाले खेलवाड गर्दै

बिद्यार्थीहरुको स्वास्थसँग महानगरपालिकाले खेलवाड गर्दै

  • मङ्लबार, पुस २७, २०७८
  • दिपक चौरसिया

  • 10.9K
    SHARES

बिरगंज २७ पुष । नेपाल सरकारको निर्णयलाई धज्जी उडाउँदै वीरगन्ज महानगरपालिकाले विद्यालयहरु बन्द नगर्ने निर्णय गरेको छ । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले मंगलबारदेखि माघ १५ गतेसम्म देशभरिका विद्यालयहरु बन्द गर्ने निर्णय गरे पनि वीरगन्ज महानगरले विद्यालयहरु बन्द नहुने जनाएको छ ।

पछिलो समय कोरोनाको हटस्पट बनेको वीरगन्ज र अहिले समुदाय स्थरमै फैलिसकेको ओमिक्रम कोरोना भाइरसले बिधालय स्थरमै फैलनसक्ने उच्च सम्भावना रहेको भएपनि महानगरको शैक्षिक प्रशासन महाशाखाले विद्यालयहरु बन्द नगनुले भोलि गएर यस्को जिम्मेवारी महानगरपालिकाले लिनु पर्छ ।

शैक्षिक प्रशासन महाशाखाले सोमबार साँझ एक सूचना जारी गर्दै महानगरका विद्यालयहरु बन्द नहुने जानकारी गराएको हो। वीरगन्जमा अहिलेसम्म कोरोना संक्रमणको स्थिति नियन्त्रणममै रहेकाले विद्यालयहरु सञ्चालनमा कुनै समस्या नभएकाले महानगरका विद्यालयहरु नियमितरुपमै सञ्चालनमा रहने महानगर प्रमुख विजय कुमार सरावगीले बताएका छन। नेपाल भारत सिमा नाका वीरगञ्जको ईनर्वा भएर ओहोरदोहोर गर्नेहरुको एन्टिजेन परीक्षण गर्दा अहिलेसम्म ५० जनाभन्दा बढीमा कोरोना संक्रमण पुष्ठि भईसकेको हेल्थ डेस्ककी ईन्चार्ज मेडिकल अधिकृत डा. अनिशा महतोले बताएकिन छिन उनले भने अँझै यो संख्या दिनानुदिन उकालो लाग्ने क्रम रोकिएको छैन ।

यसअघि भारतीय नागरिकमा मात्रै संक्रमण पुष्ठि हुने गरेकोमा २ दिनयता वीरगञ्जकै नागरिकमासमेत संक्रमण देखिएपछि जोखिम बढेन थालेको छ । अहिलेसम्म १ चौथाई मान्छेलाई पनि रोक्न नसकेको वीरगञ्जको ईनर्वास्थित हेल्थ डेस्ककी ईन्चार्ज मेडिकल अधिकृत डा. महतोले बताइन् । डा. महतोले सिमा नाका भएर दैनिक २ हजार जना आवतजावन गर्ने भएपनि अहिले परीक्षण बढीमा ५ सय जनासम्मको हुने गरेको बताइन ।

डा. महतोका अनुसार १ चौथाई यात्रुलाई पनि रोक्न सकिएको छैन । आइतवार ४ सय १३ जनाको परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्ठि भयो । ति मध्ये १ जना पर्साका प्रमुख जिल्ला अधिकारीका सुरक्षा गार्डसमेत रहेको डा. महतोले बताइन् । उनी भन्छीन्, ‘अहिले भर्खर सुरुवाती चरणमा छ । अहिले नै सतर्कता नअपनाए पछि पछुताउनुपर्ने अवस्था नआउला भन्न सकिन्न । त्यसैले लकडाउन अहिलेदेखि नै गर्नुको विकल्प छैन ।’

दैनिक २ हजारको हाराहारीमा आहोरदोहोर गर्ने नाकामा १ वटा मात्रै हेल्थ डेस्क र १२ जना मात्रै कर्मचारी अपर्याप्त भएको बताउँदै डा. महतोले सबैलाई परीक्षण गर्नका लागि थप जनशक्तिसहितको व्यवस्थापन गर्नुपर्ने माग गरीन् ।

१४ वर्षदेखि ५० वर्ष उमेर समूह व्यक्तिहरुमा अहिलेसम्म संक्रमण पुष्ठि भएको छ । अधिकांश संक्रमितहरुमा लक्ष्ण देखिएको छैन भने केहीमा सामान्य रुघाखोकी देखिएको छ ।
तर वीरगन्ज महानगरले अहिले विद्यालय बन्द गरिहाल्नुपर्ने अवस्था छैन,’ उनले भने। विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने निर्णय स्थानीय तहको अधिकारभित्र पर्ने भएको भन्दै सरावगीले थपे, ‘जुन दिन वीरगन्जमा संक्रमणको अवस्था नियन्त्रण बाहिर जाने संकेत देखिन्छ। त्यही बेलादेखि मात्र महानगरका विद्यालयहरु बन्द गरिन्छ।’

अहिले को समयमा सरावगीले बालबालिकाहरुको स्वास्थ सग खेलवाड गर्ने काम नगर प्रमुख सरावगीले गर्न लागेकोमा अभिभावकहरु चिन्तित देखिएका छन । ओमिक्रम कोरोना भाइरस अहिले उच्च जोखिम र छिटो सर्ने भाइरस भएको WHO ले जनाएको छ अहिले बिश्व भरी ओमिक्रम भाइरसले तिदेशहरु संक्रमण सग जुधिरहेको छ तर हाम्रो बिरगंज महानगर पालिका भित्र हरेको सामुदायिक बिधालय तथा निजि बिधालयहरु बन्द नगर्ने निर्णय गर्नुले बालबालिकाहरुमा संक्रमण फैलिन सक्ने सम्भावना रहेको चिकित्सकहरु बताउन छन ।

त्यसैगरी नेपाल चिकित्सक संघ पर्साका सचीव डा उदय नारायण सिंहले स्वास्थ संक्रमण रोकथाम गर्न परीक्षणको दाएरा बढाउनु पर्ने यसो गरेमा कोरोना रोक्थाममा सयोग पुगने बताए । उनले भने अहिले कोरोना संक्रमण नियन्त्रणमा छ तर पछि नियन्त्रणमा भन्दा बाहिर गएमा थाप समस्या हुने भएकोले बेलामा सचेत हुनु पर्ने डा सिंहको भनाइ रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ