श्रेष्ठलाई अध्यक्ष घोषणा गरेपछि एमाले मकवानपुरमा असन्तुष्टि, कानुनी प्रक्रियामा जाने लम्सालकाे घाेषणा

श्रेष्ठलाई अध्यक्ष घोषणा गरेपछि एमाले मकवानपुरमा असन्तुष्टि, कानुनी प्रक्रियामा जाने लम्सालकाे घाेषणा

  • आइतवार, पुस २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

मकवानपुर, २५ पुस । एमाले मकवानपुरको अध्यक्षमा एकालाल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । तर, अध्यक्षका अर्का आकांक्षी बद्री लम्सालले एकपक्षीय रूपमा अध्यक्षसहितको टिम घोषणा भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

एमाले मकवानपुरको ११औं जिल्ला अधिवशेनमा लम्सालको पनि अध्यक्षमा उम्मेद्वारी थियो । सर्वसम्मतिमा नेतृत्व चयन गर्दै भन्दै शनिबार अधिवेशन स्थगित गरी आइतबार बिहान श्रेष्ठको अध्यक्षतामा एक सय पाँच सदस्यीय जिल्ला कमिटी बनाइएपछि एमाले मकवानपुरमा तीव्र असन्तुष्टि देखिएको हाे ।

अध्यक्षका आकांक्षी लम्सालले आफूले उम्मेदवारी फिर्ता नलिएको अवस्थामा सर्वसम्मत रूपमा नेतृत्व चयन गरेर लोकतन्त्र विरोधी कार्य गरिएको टिप्पणी गरेका छन् । उनले आवश्यक कानुनी प्रक्रियामा जाने प्रतिक्रिया दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ