सुदूरको स्वास्थ्य शिक्षा र सस्कृति कला क्षेत्रमा योगदान पु¥याएको भन्दै सम्मान

सुदूरको स्वास्थ्य शिक्षा र सस्कृति कला क्षेत्रमा योगदान पु¥याएको भन्दै सम्मान

  • शनिबार, पुस २४, २०७८
  • डम्मर दत्त भट्ट

  • 7.8K
    SHARES

कञ्चनपुर , पुस २४ । सुदूरपश्चिम क्षेत्रको स्वास्थ्य शिक्षा, कला संस्कृति संरक्षण प्रर्बद्धनमा योगदान पु¥याएको भन्दै विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । शनिबार महेन्द्रनगरमा बझाङ्ग लोक साँस्कृतिक सरक्षण मञ्चले आयोजना गरेको भुवा भुस्सो कार्यक्रममा कञ्चनपुरका तीन व्यक्तित्व सम्मानित भएका हुन ।
सुदूरको स्वास्थ्य शिक्षामा योगदान पु¥याएको पुर्व शिक्षक समेत रहेका महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी बोक्सर, सुपको कला, साहित्य, लोक संस्कृति संरक्षण गरेको भन्दै कलाकार लक्ष्मण अधिकारी र सुप विश्वविद्यालयका प्राध्यापक एव भाषामा योगदान पु¥याएको भन्दै डा। हरिशचन्द्र भट्टलाई सम्मान गरेको हो । सुप प्रदेशका सभामुख अर्जुन बहादुर थापाले बोक्सर, अधिकारी र भट्टलाई दोसल्ला ओढाएर प्रमाण पत्र हस्तान्तरण गर्दै सम्मान गरेका हुन ।

सुदूरको लोक संस्कृति संरक्षणका लागि बझाङ्ग लोक साँस्कृतिक सरक्षण मञ्चले महेन्द्रनगरमा समेत भुवा भुस्सो खेलेका थिए । कार्यक्रममा सहभागि अगुवाहरुले सुदूरको लोक संस्कृति संरक्षणका लागि नयाँ पुस्ता समेत अग्रसर हुनुपर्नेमा जोडदिएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ