र्विद्यार्थी नेता पन्त एमाले कञ्चनपुरको पदाधिकारीमा दावी

र्विद्यार्थी नेता पन्त एमाले कञ्चनपुरको पदाधिकारीमा दावी

  • शनिबार, पुस २४, २०७८
  • -डम्मर दत्त भट्ट

  • 8.4K
    SHARES

कञ्चनपुर, पुस २४ । पुर्व विद्यार्थी नेता महेशराज पन्तले एमाले कञ्चनपुरको पदाधिकारीमा दावि गरेका छन । शुक्रबारदेखि शुरु भएको एमाले ८औँ जिल्ला अधिवेशनमा पन्तले पार्टीको जिल्ला पदाधिकारीमा पदावि गरेका हुन ।
एमाले कञ्चनपुरको नेतृत्वका लागि भीमदत्त नगरका मेयर समेत रहेका तत्तकालिन सचिव सुरेन्द्र विष्ट र माओवादीबाट आएका पुर्व माओवादी नेता बिर बहादुर थापा९पातल० देखिएका छन ।
पुर्व विद्यार्थी नेता पन्त पातल समुहबाट पदाधिकारीका लागि देखिएको एमाले स्रोतले बताएको छ । एमाले स्रोतका अनुसार पन्तले समेत पार्टीको सचिव वा उपाध्यक्षका लागि आँकाक्षा राखेका छन । ‘एमाले कञ्चनपुरका लामो समय काम गरेका युवा नेता पन्तले पनि पदाधिकारीका लागि आँकाक्षा देखाएका छन, ‘एमाले स्रोतले भन्यो, ‘पन्तले पार्टी अध्यक्षले अघि सारेका योजना अनुरुप कञ्चनपुरका कार्यक्रम संचालन गर्न खोजेका छन ।’ अढाईदशकदेखि राजनीति गर्दै आएका पन्त पनि आँकाक्षी देखिएका हुन । ०५३ सालमा अनेरास्ववियुबाट राजनीतिक गर्दै आएका पन्त अहिले एमाले जिल्ला सचिवालय सदस्य हुन । प्रदेश सदस्य समेत रहेका पन्तले प्रदेशको पद छाडेर जिल्ला रोजेको छन । एमाले कञ्चनपुरमा युवा पुस्ता माँझ लोकप्रिय रहेका पन्तको पक्षमा साथ सर्मथन रहेको उनी निकट एक नेताले बताए । ‘पाटीको नेतृत्वमा युवा पनि ल्याउनुपर्छ, ‘उनले भने, ‘हामी सबै युवा सहितका मजदुर,महिला सबैको साथ सर्मथन छ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ