बीरगञ्जलाई प्रदेश २ को राजधानी बनाउन माग गर्दै प्रदर्शन

बीरगञ्जलाई प्रदेश २ को राजधानी बनाउन माग गर्दै प्रदर्शन

  • शनिबार, पुस २४, २०७८
  • दिपक चौरसिया

  • 14.3K
    SHARES

बिरगंज २४ पुष । प्रदेशको–२ को राजधानी वीरगञ्जलाई बनाउन माग गर्दै दबाबमुलक जुलुस प्रदर्शन गरिएको छ । प्रदेश-२ सरकार र सदनलाई खबरदारी गर्ने वीरगंजमा शनिवार भव्य र्याली र जुलूस प्रदर्शन गरिएको छ । हजार भन्दा बढ़ी युवा ,महिला स्थानीयहरूको सहभागितामा वीरगंजको आदर्शनगरबाट शुरू गरिएको सो र्याली नगर परिक्रमा गर्दै घण्टा घर पुगेर कोणसभमा परिणत भई सम्पन्न भएको थियो ।

र्यालीमा सहभागीहरूले वीरगंजलाई प्रदेश(२को राजधानी नबनाएर मधेश आन्दोलन, यसमा सहादत प्राप्त सहीदहरू एवं घाइते मधेशी समुदायको भावना र बलिदानीमाथि नेताहरुले प्रहार गररीरहेको भन्दै नारावाजी गरेका थिए । सोही नारावाजीमा ुमुख्यमन्त्री चाहिदैन, वीरगञ्ज बेच्न पाइँदैनु,भन्दै वीरगंजमा शनिबार बृहत जुलुस प्रदर्शन भएको हो ।

स्विमिङमुलबाट निस्किएको बृहत् र्याली वीरगञ्जको आदर्शनगर, अलखियामठ, गीता मन्दिर, माइस्थान हुँदै घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै प्रदेश सांसद प्रह्लाद गिरीले मधेश आन्दोलनको केन्द्र वीरगञ्जलाई नै प्रदेशको राजधानी बनाउनु पर्नेमा जोड दिए ।

बारा, रौतहट, सर्लाहीसम्मका प्रतिनिधिको आवाज पनि वीरगञ्ज नै राजधानी हुनु पर्छ भन्नेमा रहेको भन्दै उनले वीरगञ्जलाई राजधानी नबनाइए अझ शसक्त आन्दोलन गर्ने चेतावनी दिए ।

कोण सभालाई सम्बोधन गर्दै युवा नेता राजेशमान सिंहले आन्दोलनका बेला नेताहरुले गरेको बाचा भुलेकाले त्यसलाई फेरि झकझकाउन आफूहरु सडकमा आउनु परेको बताए ।

वीरगञ्जले प्रदेशको मुख्यमन्त्री पाएको भए पनि उनले अहिले वीरगञ्जलाई भुलेर जनकपुरलाई प्रदेश राजधानी बनाउन लागि परेको भन्दै समयमै मान्छे चिन्न सबैलाई आग्रह गरे । प्रदेश सभाको समयावधी सकिनै लाग्दा बल्ल प्रदेश सभाले नाम र राजधानी टुंगो लगाउन थालेको हो ।

२०७२ को ६ महिनासम्म चलेको मधेश आन्दोलनका बेला नेताहरुले वीरगञ्जलाई प्रदेश राजधानी बनाउने प्रतिबद्धता जनाएका थिए ।
तर अहिले वीरगञ्जलाई उपेक्षा गर्दै प्रदेश राजधानी नबनाउने षड्यन्त्र गरेपछि यश क्षेत्रका नागरिक असन्तुष्ट बनेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ