नेपालमा पनि कोरोना भाईरसको नयाँ संस्करण ओमिक्रोन फैलिन शुरु भएसँगै आम सर्वसाधारणमा पुनः लकडाउन हुने त हैन ? भन्ने त्रास शुरु भएको छ । ७६ साल चैतदेखिको लकडाउनमा पाएको दुखः र हैरानी सम्झेका नागरिक फेरी लकडाउनको त्रासमा देखिन्छन् ।
नेपालमा लगातार ओमिक्रोन संक्रमणमा बृद्धि देखिएसँगै स्मार्ट लकडाउन गर्ने बारे सरकारले आन्तरीक छलफल शुरु गरेको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकमा छलफल भएको छ।
शुक्रबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको सीसीएमसी बैठकमा स्मार्ट लकडाउनबारे छलफल भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए।
बैठकमा कोभिड भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमणदर बढ्दै गएमा छिट्टै अर्को बैठक बोलाएर स्मार्ट लकडाउन गर्ने विषयमा छलफल भएको मन्त्री खतिवडाले बताए ।
संक्रमितहरुको संख्या बढेर गएमा भिडभाड हुने सिनेमा हल, हिउँदे विदालाई ध्यानमा दिएर विद्यालयहरु बन्द गर्ने जस्ता स्मार्ट लकडाउनका विषयमा पनि छलफल गरिएको मन्त्री खतिवडाले बताए।
वैठकमा प्रधानमन्त्री देउवाले ओमिक्रोन नियन्त्रणका लागि उच्च सतर्कता अपमाउन बैठकमा निर्देशन दिएका थिए ।
त्यस अवसरमा उनले यसको संक्रमण दर बढन नदिन सीमा नाकाहरुलाई चुस्तदुरुस्त बनाउन निर्देशन दिएका छन् ।