टेलिकप्टर चार्टर गरेर लिम्बुले दुर्गम गाँउमा दुलही भित्र्याए, स्थानीय खुसी

टेलिकप्टर चार्टर गरेर लिम्बुले दुर्गम गाँउमा दुलही भित्र्याए, स्थानीय खुसी

  • बिहिबार, पुस २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

तेह्रथुम, २२ पुस । गाउँमा विवाह हुँदा बस, ट्याक्सी तथा साना गाडी रिजर्भ गर्नु सामान्य नै बन्न थालेको छ । तर, सामान्य नागरिकले हेलिकोप्टर चार्टर गरेर विवाह गरेको सायद कमै मात्र सुन्न सकिन्छ ।

विवाह खर्च जुटाउन नै निकै सकस हुन्छ गाउँका सामान्य नागरिकलाई । छथर गाउँपालिका(२ हमरजुङ खैरेनीका २९ वर्षका सविन लिम्बुले विवाहमा हेलिकप्टर नै चार्टर गरी बेहुली भित्र्याएका छन् ।

बुवा झप्टबहादुर लिम्बु र आमा दिलकुमारी लिम्बुले छोरा सविनले काठमाडौं थानकोट निवासी राजु सेर्पा र कल्पना क्षेत्रीकी छोरी २५ वर्षीया सिम्रन सेर्पासँग हेलिकोप्टर चार्टर गरेर विवाह गरेका छन् ।

गाउँको कुनामा हेलिकप्टरबाट बुहारी भित्र्याउन पाउँदा गर्व लागेको बेहुलाका बुवा झप्टहादुरले बताए । ‘मैले कल्पनासम्म गरेको थिएन आफ्नो बुहारी हेलिकप्टरबाट भित्र्याउँछु भनेर । तर, आज मेरो जेठा छोरा र जेठी बुहारी यो गाउँमा हेलिकप्टरमार्फत भित्र्याउन पाउँदा जीवनकै खुसी भएकोछु,’ उनले भने ।

२ लाख ७० हजार खर्च गरी बेहुली भित्र्याएका सविनले भने, ‘सानैदेखि मेरो गाउँमा फरक र ऐतिहासिक ढंगले विवाह गर्ने सोच थियो । आज पुरा भएको छ । मैले कसैलाई देखाउनका लागी हेलिकप्टर चार्टर गरेको हैन ।’ बेहुली सम्पन्न परिवारकी र बेहुला सामान्य परिवारका रहेका छन् ।

गाउँका सामान्य नागरिकले हेलिकप्टर चार्टर गरेर विवाह गर्नु चानचुने कुरा नभएको स्थानीय मनबहादुर खड्काले बताए । ‘योजना बनाउने हो र चाहने हो भने असम्भव नहुने रहेनछ । खर्च जहाँबाट जुटाए पनि जुटाउन सकिँदो रहेछ,’ उनले भने ।

Avatar

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ