छठ पुजाका क्रममा आक्रमणमा परेका युवकको उपचारको क्रममा मृत्यु

छठ पुजाका क्रममा आक्रमणमा परेका युवकको उपचारको क्रममा मृत्यु

  • बिहिबार, पुस २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

पर्सा २२ पुष । छठपुजामा मुस्लिम द्धारा आक्रमण गरी गम्भिर घाईते बनाईएका बारा कलैया नगरपालिका वडा नम्बर १९ ईनरवारीका १७ बर्षिय युवकको उपचारको क्रममा बुधबार राती वीरगन्जको एल.एस. न्यूरो अस्पतालमा मृत्यु भएको छ ।
टाउँकोमा गम्भिर चोट लागि गम्भिर घाईते भएका राधेश्याम पटेलको उपचारको क्रममा वीरगन्ज पानीटंकी स्थित न्यूरो अस्प्तालमा ५६ दिनपछि मृत्यु भएको हो । उनको शव परिक्षणको लागि वीरगन्जको नारायणी अस्पतलामा लागिएको छ । शव परिक्षण पश्चात आफन्तको जिम्मा लगाईएने बारा प्रहरीले जनाएको छ ।

कात्र्तिक २४ गते छठपुजाका दिन स्थानिय मुस्लिम समुदायका व्यक्तिहरुले पटेल लगायतका हिन्दुहरुमाथि सांघातिक हमला गरेको स्थानियले आरोप लगाएका छन । छठपुजामा पटाठा पड्काएको निहुँमा स्थानिय अब्दुलाह ठकुराई, ग्याँसु ठकुराई, लालबाबु ठकुराई, नाजिर हुसैन मियाँ लगायतका मुस्लिम समुदायका व्यक्तिहरुले छठपुजामा बसेका व्यक्तिमाथि आक्रमण गरेका थिए ।
उनीहरुको आक्रमणमा परि छठपुजामा बसेका राधेश्याम पटेल सहित सुमन साह, बोलबम साह कानु लगायतका व्यक्ति घाईते भएका थिए । घाईते मध्ये पटेलको टाउँकोमा गम्भिर चोट लागेका कारण उनी गम्भिर रुपमा घाईते भएका थिए । ५६ औं दिनसम्म न्यूरो अस्पतालमा उपचारर्थ थिए । बुधबार बेलुका उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो ।
गरिब परिवारका रहेका पटेलको उपचारको लागि स्थानियले चन्दा संकलन गरी न्यूरो अस्पतालमा उपचार गराई रहेका थिए । उनको उपचारमा लाखौ रुपैया खर्च गर्दा समेत बचाउँन नसकेको स्थानियले हिन्दु समुदायले दुखेसो पोखेका छन ।
कुटपिट घटनामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले ९ जना माथि ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता गरी कारवाहीको प्रकृया अगाडी बढाईसकेको बाराका प्रहरी प्रवक्ता एंव प्रहरी नायब उपरिक्षक राजेश थापाले बताए ।

उनले भने, घटनामा संलग्न रहेको आरोपमा कलैया १९ ईनरवारीका ३० बर्षिय नाजिर हुसैंन मियाँलाई नियन्त्रणमा लिएका छौ । मियाँ विरुद्ध ज्यानमार्ने मुद्दा दर्ता गरी अहिले पूर्वपक्षको लागि वीरगन्ज कारागारमा पठाईएको छ । घटनामा संलग्न रहेका अब्दुलाह ठकुराई, ग्याँसु ठकुराई, लालबाबु ठकुराई लगायत ८ जनाको खोजी कार्य भईरहेको उनले बताए । प्रहरी प्रवक्ता थापा अनुसार फरार ८ जना विरुद्ध नै ज्यानमार्ने उद्योगमा मुद्दा भईसकेको छ र उनीहरुको पक्राउ पुर्जी जारी गरेर तिव्र रुपमा खोजीकार्य समेत भईरहेको छ ।

घटनाको विरोधमा स्थानिय द्धारा वीरगन्ज कलैया सडक चक्काजाम
यता राधेश्याम पटेलको उपचारको क्रममा मृत्यु भएको खबर पाउँन साथ ईनरवारीका स्थानियले वीरगन्ज कलैया सडकखण्ड अवरोध गरेका छन । स्थानिय सिसहनिया चौकमा भेला भई वीरगन्ज कलैया चक्काजाम गरेर विरोध प्रर्दशन गरीरहेका छन ।

घटनामा संलग्न दोषीलाई आजिवन कारावास, पिडित परिवारलाई उचित क्षतिपुर्तीको माँग राख्दै चक्काजाम गरीरहेको स्थानियले जनाएका छन । प्रहरी प्रवक्ता राजेश थापाले, स्थानियलाई जिल्ला प्रशासन कार्यालयमा बोलाई वार्ता गर्ने काम भईरहेको उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ