‘कठपुतली’ हेर्नेलाई आइफोन १२ उपहार

‘कठपुतली’ हेर्नेलाई आइफोन १२ उपहार

  • बिहिबार, पुस २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

काठमाडौं, २२ पुस । गत शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘कठपुतली’ हेर्न आउने दर्शकले आइफोन १२ उपहारका रुपमा पाउने भएका छन् । फिल्मले पहिलो सप्ताहन्तसम्म राम्रो व्यापार गरेको दाबी गर्दै निर्माण युनिटले दर्शकका लागि उपहार योजना ल्याएको हो ।

निर्माण युनिटका अनुसार फिल्म हेर्नका लागि काटेको टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेहरुमध्ये गोला प्रथाबाट एकजनालाई एप्पल कम्पनीको ‘आइफोन १२’ प्रदान गरिनेछ ।

एक टिकट एक जनाको लागि मात्र मान्य हुने र टिकट नम्बरको आधारमा मान्यता जाँच हुने निर्माण पक्षले जनाएको छ । नेपालभर जुनसुकै हलबाट काटिएको टिकटसँग सेल्फी फोटो खिचेर सबैले देख्नेगरी अर्थात ‘पब्लिक पोष्ट’ कुनै पनि सामाजिक सञ्जालमा राख्नुपर्ने हुन्छ ।

त्यसरी फोटो राख्दा ’क्याप्सन’मा ‘ह्यासट्याग कठपुतली ह्यासट्याग विनआइफोन’ लेख्नुपर्ने हुन्छ । ह्यासट्याग प्रयोग गरि फोटो पोष्टको सुचना फिल्म टीमले प्राप्त गर्नेछ । ‘लक्की ड्र’मार्फत आगामी १ फेब्रुअरीमा विजेता घोषणा गरी उपहार दिइनेछ ।

भीमसेन लामा निर्देशित फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी