कञ्चनपुर, २१ पुस । कञ्चनपुरमा सरकारले सीमा सुरक्षा र सीमा अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरीलाई जिम्मेबारी दिएको छ । तर, कञ्चनपुरमा भने सशस्त्र प्रहरीले सीमा सुुरक्षा र अपराध नियन्त्रण भन्दा तस्कर समुहसंग मिलेर तस्करी गर्न दिएको खुलेको छ । शसस्त्र प्रहरी नै तस्कर समुहसंग मिलेर भारत र नेपालमा तस्करी गराउन उद्यत रहेको भन्दा सशस्त्र प्रहरीका अधिकारी र कर्मचारीले विश्वास नगरेपनि जनताले सशस्त्र प्रहरीका गतिबिधीबाट विश्वास गरेका छन । सरकारले दिएको जिम्मेबारी पुरा गर्नुको साटो स्तहिन तस्कर समुहसंग मिलेर पैशाका लागि आफ्नो विभागकै बदनाम कमाउन कञ्चनपुर सशस्त्र प्रहरी उद्यत रहेको छ । तस्कर समुहले सशस्त्र प्रहरीलाई रकम दिएर महिनाबारी, हप्ताबारी तस्करी गराउँदै आएको खुलेको छ । कञ्चनपुरमा स्थापना गरिएका बिओपी सीमा सुरक्षा, सीमा अपराध र जनताको सुरक्षा भन्दा हाकिमहरुका लागि पैशा उठाईदिने संकलन केन्द्र बनेको स्थानीयको भनाई छ ।
गत शनिबार भारती मुख्य तस्कर समुहका नाईके मुन्ना खानबाट ५० हजार घुस लिएको आरोपमा पूनर्वास नगरपालिका ४ स्थित आँपतालका सशस्त्र प्रहरी नायब निरीक्षक बिरेन्द्र चन्द विवादमा तानिएका छन । उनीमाथि सशस्त्र प्रहरी बल बैजाथ बाहनीले छानबिन चलाएको छ । भारतीय तस्कर खानले भारतीय बसही बजारबाट हार्डवेयरका समान नेपालतिर तस्करी गर्दा सशस्त्र प्रहरीले पक्राउ गरेर तस्कर समुहबाट रकम लिएर छाडेको आरोप छ । स्थानीयले कञ्चनपुरमा १० बर्ष अघि २ बिओपी हुँदा भन्दा अहिले तेब्बर तस्करी भईरहेको बताएका छन ।
अहिले कञ्चनपुरमा २२सशस्त्र प्रहरीका बिओपी छन । जति बिओपी बढे उति तस्करीले राजस्व छली र गैर कानुनी धन्दामा सशस्त्र प्रहरी मुछिएको स्थानीयको विश्लेषण छ । सशस्त्र प्रहरी संगठनभित्र भद्रोगोल भईरहेका बेला हाकिमको चाकडीका लागि तल्ला कर्मचारीले तस्करी समुहबाट यारीदोस्ती मिलाएर रकम संकलन गरेर पठाउने प्रवृतिले सशस्त्र प्रंहरी बदनामको घर बन्दै गएकोप्रति स्थानीयको समेत चिन्ता छ ।