बरकतुल उलुमका बालबालिकालाई न्यानो कपडा बितरण

बरकतुल उलुमका बालबालिकालाई न्यानो कपडा बितरण

  • बुधबार, पुस २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

वीरगञ्ज पुष २० । वीरगञ्जको छपकैयाँमा रहेको मदरसा बरकतुल उलूमका बालबालिकालाई न्यानो कपडा बितरण गरिएको छ ।

इक्ना रिलिफ क्यानडाको आर्थिक सहयोग र स्वास्थ्य सेवा तथा उद्दार संघ नेपाल काठमाण्डौको पहलमा बरकतुल उलूममा रहेका ६० जना बालबालिकालाई ब्लांकेट र सल उपलब्ध गराइएको हो ।

चिसोका कारण बालबालिका प्रभावित भएकाले उनीहरुलाई ध्यानमा राख्दै न्यानो कपडा उपलब्ध गराइएको कार्यक्रम संयोजक साकिब अंसारीले जानकारी दिए ।

मदरसा बरकतुल उलुमका सदर मद्दरिस मुफ्ती अयुबको सभापतित्वमा भएको कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार, मदरसा बरकतुल उलुमका कोषाध्यक्ष कलाम ठकुराइ , पूर्व सचिव अब्बास मंसुरी, खैरूदिन हवारी ,समाजसेवी जैनुदिन मंसुरी, जाजुल हवारी, बसरूदिन मंसुरी लगाएतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ