फास्ट ट्रयाक आसपासका क्रसर उद्योग हटाउन संसदीय समितिको माग

फास्ट ट्रयाक आसपासका क्रसर उद्योग हटाउन संसदीय समितिको माग

  • मङ्लबार, पुस २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

काठमाडौं, २० पुस। संघीय संसदअन्तर्गतको समितिले फास्ट ट्रयाक आसपासका क्रसर उद्योग हटाउन माग गरेको छ । राष्ट्रिय सभाअन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले फास्ट ट्रयाकको हवाइ निरीक्षणपछि क्रसर उद्योग हटाउन माग गरेको हो ।

काठमाण्डौ–तराई÷मधेश द्रुतमार्ग सडक आयोजनाको समिति सदस्य, रक्षा मन्त्रालयका प्रतिनिधि, नेपाली सेनासहितले गरेको हवाइ निरीक्षणपछि बनाइएको प्रतिवेदनमा  द्रुतमार्ग आयोजनास्थल विशेषगरी मख्खुवेशी आसपासको क्षेत्रमा सञ्चालित क्रसर उद्योगहरूबाट हुन सक्ने सम्भावित प्रतिकुल प्रभावलाई ध्यानमा राखि उक्त क्रसर उद्योगहरु उपयक्त स्थानमा स्थानान्तरण हुन आवश्यक देखिएको उल्लेख छ ।

साथै आयोजना निर्माण कार्यको दौरान आवश्यक पर्ने थप जग्गा तथा रुख कटान कार्यको लागि आवश्यक प्रकृयागत निर्णयहरु सम्बन्धमा सम्बन्धित विभाग तथा मन्त्रालयबाट समयमै सहजीकरण हुनुपर्ने र खोकनाको जग्गा विवाद पनि चाँडै सल्टाउन सहजीकरण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ