प्रधानमन्त्रीबाट पदमुक्त भएपछि कौसी खेतीमा व्यस्त केपी ओली

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि कौसी खेतीमा व्यस्त केपी ओली

  • मङ्लबार, पुस २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमाडौं, १९ पुस । प्रधानमन्त्रीबाट पदमुक्त भएर बालकोट निजी घरमा सरेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले घरको कौसीमा खेती शुरु गरेका छन् । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा कौसी खेती सुरुवात गरिएको हो । सोमबार ओलीसहित उनकी पत्नी राधिका शाक्य कौसी खेतीमा व्यस्त बने ।

उनको घरको छतमा कौसी खेतीका लागि स्थान बनाइएको छ र त्यसमा आज जापानी प्रविधीको प्रयोग गर्दै उत्पादन गरिएको कम्पोस्ट मलको प्रयोग गर्दै कौसीखेतीबारे जानकारी गराइएको छ ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अर्गानिक कौसी खेतीको जापानी प्रविधीको प्राङ्गारिक मल प्रयोग गरेर सुरु गरिएको जानकारी दिए ।

त्यसक्रममा प्राविधिकहरुले ओली र शाक्यलाई कौसी खेती र प्राङ्गारिक मलबारे विभिन्न जानकारी दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी