दीक्षाले जितिन् मिसेस नेपाल वर्ल्ड २०२१ को उपाधि

दीक्षाले जितिन् मिसेस नेपाल वर्ल्ड २०२१ को उपाधि

  • आइतवार, पुस १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, १८ पुस । काठमाडौंको बाफलकी दीक्षा केसी विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१’ को विजेता बनेकी छन् । शनिबार राजधानीमा भएको कार्यक्रममा उनले विधागततर्फको ‘ग्यालेक्सी जम्बो वासमती राईस लेडी विथ कम्प्यासन’को उपाधि पनि जितिन् ।

विजेता दीक्षाले सन् २०२२ मा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । आयोजक रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले यसै वर्षदेखि ‘वाइवाइ मिसेस नेपाल वल्र्ड’को विजेतालाई ‘मिसेस वल्र्ड’मा सहभागी गराउने गरी फ्रेन्चाइजी मिलाइएकाले यो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको पहिलो सहभागिता रहने बताए ।

प्रतियोगितामा अभिनेत्री उषा रजक ‘मिसेस नेपाल इन्टरनेसनल’ र पविता गिरी ‘एमएस इन्टरनेसनल’ भए । उनीहरूले सन् २०२२ मा सिंगापुरमा हुने ‘मिसेस इन्टरनेसनल’ र ‘एमएस इन्टरनेसनल’मा सहभागिता जनाउनेछन् । उषाले ‘रियो मस्ट ट्यालेन्टेड’ र ‘सिजी सिमेन्ट मस्ट बोल्ड’को उपाधि पनि जितिन् ।

की एडभरटाइजिङको मार्केटिङ सहकार्यमा सम्पन्न प्रतियोगितामा सुनीता लामा ‘मिसेस नेपाल वल्र्ड फस्ट रनर्सअप’, राजश्री थापा ‘मिसेस नेपाल वल्र्ड सेकेण्ड रनर्सअप’ र मनीता प्याकुरेल ‘मिसेस नेपाल वल्र्ड थर्ड रनर्सअप’ भए । त्यसै गरी ।माधुरी कर्ण ‘एआरएस डेन्टल क्लिनीक बेस्ट स्माइल’, ‘वाइवाइ डाइनामिक भ्युअर्स च्वाइस’ र ‘प्रदेश २ उद्योग तथा पर्यटन मन्त्रालय मिसेस टुरिजम एम्बेसडर’, लक्ष्मी जोशी ‘आईएमई पे पब्लिक च्वाइस अवार्ड’, सोनु मगर ढुंगेल।‘रश्मीलाज फेसियल हाउस वेस्ट हेयर’, सुमिता लामा ‘नेपाल आईस वेस्ट र्‍याम्पवाक’ र ‘एन्ड पिक्चर्स मस्ट फोटोजेनिक’, माला सुनुवार ‘मालिका सेभिङ एन्ड क्रेडिट मस्ट इन्टलिजेन्ट’, ‘नारायणी अटो बिजीनेस मस्ट डिसिप्लेन्ड’, पवित्रा बानियाँ ‘हरपल फुड्स मिसेस कन्जीनियालिटी’, जयन्ती राई ‘सिल्कवेयर फेसन आइकन’, मनिता प्याकुरेल ‘असम वेस्ट पर्सनालिटी’, सुष्मिता खड्का ‘सफ्टी मस्ट व्युटिफल’, राजश्री थापा ‘क्वीक्स मस्ट कन्फिडेन्ट’, सुमित्रा पौडेल उप्रेती ‘काठमाडौं वर्ल्ड स्कुल मस्ट क्रियटिभ’ र मोनिका न्यौपाने ‘होटल सिटी पार्क म्यानेजमेन्ट च्वाइस’को विजेता बने ।

प्रतियोगितामा सिएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला प्रमूख निर्णायक तथा अभिनेता राजेश हमाल, कोरियोग्राफर प्रशान्त ताम्राकार, नेपाल सुपर लिगकी अध्यक्ष अश्रेता कार्की चौधरी, नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष राजकुमार क्षत्री र ब्राजिल नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष अखिल चापागाईं निर्णायक थिए । कार्यक्रममा तीन दशकभन्दा लामो समयदेखि जीवन्त अभिनय र नृत्यकलाबाट लोकप्रियता कमाएकी अभिनेत्री गौरी मल्ललाई ‘मानार्थ एमएस नेपाल’ उपाधिबाट सम्मान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी