चौदण्डीगढी दरबार क्षेत्रमा नेपाली सेनाको २० किलोमिटर एकीकरण पदयात्रा

चौदण्डीगढी दरबार क्षेत्रमा नेपाली सेनाको २० किलोमिटर एकीकरण पदयात्रा

  • आइतवार, पुस १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 16K
    SHARES

उदयपुर, १८ पुस । उदयपुरको चौदण्डीगढी दरबार क्षेत्रमा नेपाली सेनाले एकिकरण पदयात्रा सञ्चालन गरेको छ । नेपालको राष्ट्रिय एकता र प्रतिष्ठाको प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाली सेनाको रणशार्दुल गणले चौदण्डीगढी किल्लामा शनिबार एकीकरण पदयात्रा सञ्चालन गरेको हो ।

नेपाली सेनाको आयोजनामा चौदण्डीगढी नगरपालिका–। ६ बेल्टार बजारबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सांस्कृतिक झाँकीसहित मार्चपास गरेको थियो । टोली चौदण्डीगढी नगरपालिकाकै वडा नं। १ स्थित ऐतिहासिक चौदण्डीगढी किल्ला क्षेत्रसम्म पुगेको थियो ।

समारोहमा प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादव, चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राई, सहायक प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेल, नेपाल प्रहरीका प्रमुख प्रहरी उपरिक्षक सुबासचन्द्र बोहोरा, चौदण्डीगढी नगरपालिका वडा नं। १ का जनप्रतिनिधी, स्थानीय बुद्धिजिवीलगायत स्थानीय बासिन्दाहरुको उपस्थिती रहेको थियो ।

ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षणका साथै राष्ट्रिय एकता र प्रतिष्ठाको प्रबर्द्धन हुने नेपाली सेनाले बताएको छ । नेपाली सेनाको रणशार्दुल गणले लामेसमयदेखि गढी किल्ला संरक्षण तथा प्रबर्द्धको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । संयुक्त टोलीले बेल्टार बजारदेखि चौदण्डीगढी दरबार सम्म करिब २० किलोमिटर पदयात्रा गरेको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी