हाम्रो पहिचान र ढाकाटोपीको महत्व

हाम्रो पहिचान र ढाकाटोपीको महत्व

  • शनिबार, पुस १७, २०७८
  • प्रकाश बि.के.

  • 32.1K
    SHARES

पहिचानले परिचय बोकेको हुन्छ, विरुवाको पहिचान हरियो हुनु हो, पानीको पहिचान स्वाद हिन, रंग हिन, गन्ध हिन हुनु हो, माटोको पहिचान उर्वरा हुनु हो, ढुङ्गाको पहिचान स्रहो हुनु हो, आकाशको पहिचान नीलो हुनु हो, धर्तीको पहिचान धारण गर्ने क्षमता हुनु हो भने त्यसतै मानिसको पहिचान चेतनशील हुनुको साथै , मानवताको अनुयायी हुनु हो ।
विद्यार्थीको पहिचान सो विद्यालयको युनिफर्मले दर्शाउँछ, खेलाडीको पहिचान स्पोर्ट्स लुगाले दर्साउँछ, वकिलको पहिचान कालो कोट र पेन्टले दर्साउँछ । राई, गुरुङ,मगर, थारु, चेपाङ्ग, खस्, थारु, मधेसी, पहाडी र हिमालीको मौलिकता आ आफ्नो सांस्कृतिक पोसाकले झल्किन्छ तर नेपालीको मौलिकता के ले झल्किन्छ ? के हामी राई, मगर, गुरुङ, थारु, मधेसी, खस्, पहाडी र हिमाली मात्र हौं, नेपाली होइनौं र ? खै त नेपाली हुने पहिचान, फेरि किन दौरा सुरवाल र नेपाली टोपी विवादित ?

नेपाली टोपी कसैले हिन्दू वैदिक संस्कृति सँग जोड्छ, कसैले राजाको सामन्तवाद सँग जोड्छ । कसरी नेपाली टोपी हिन्दू भयो ? कसरी सामन्तवादको प्रतीक भयो ? न त वेदव्यासले टोपी लगाएका थिए, न तुलसीदास ले टोपी लागेका थिए, न कौटिल्यले न वाल्मीकिले फेरि कसरी नेपाली टोपी हिन्दू भयो । न त हिन्दू धर्मका देवी देउताले नै नेपाली टोपी लगाएका छन् । नत प्राचीन राजाले टोपी लगाएका थिए । के हामी यति संकीर्ण सोचका भइहाल्यौं कि म र मेरो मात्र हेर्ने ? सबैको आफ्नो आफ्नो मौलिकता रही रहोस् संस्कृतिको जगेर्ना गर्न पाउन कसैले कसैको संस्कृतिमाथि हस्तक्षेप नगरुन्, आफ्नो आफ्नो संस्कृतिको जगेर्ना सबैले गरून् , तर सबैले भन्छौ तराई, पहाडी, हिमाली, खै त हाम्रो नेपाल हामी नेपाली ?

हो पञ्चतकालमा दौरा सुरवाल र नेपाली टोपी सरकारी कार्यालयमा अनिवार्य गरेको थियो । अहिले त अनिवार्य छैन्, हो त्यति बेला पञ्चायतकालमा सामन्तवाद थियो । पञ्चायत कालमा प्रयोगमा लाएको दौरासुरुवाल र टोपी कसरी सामन्ती भयो ? तर अहिले नेपालीलाइ आफ्नो परिचय दिन आफ्नो पहिचानको आवश्यक छ, एउटा त्यस्तो पृथक पोसाक जसले नेपालीको मौलिकतालाइ दर्शावस् र नेपालीलाइ परिचित गरावस् त्यो पोसाक अहिले नेपालमा आवश्यक छ ।

हामीले हिन्दू वैदिक झण्डालाई नेपालको राष्ट्रिय झण्डा मान्ने, राष्ट्रिय जानवर गाई मान्ने , तर नेपाली टोपी र दौरा सुरवाललाइ राष्ट्रिय पोसाक नमान्ने कसरी ? हामीले नाकमा लगाउने फुलीलाइ गौरव पूर्वक लगाई रहेका छौं जसको इतिहास हेर्दा भारतमा मुगल साम्राज्य आयो, त्यहाँको हिन्दू समाज मुगलहरु देखि डराएर लगाउँदै आएको मानिन्छ ।
त्यति बेला मुगलहरू हिन्दूका छोरी बैनी माथि कुदृष्टि राख्थे । त्यो कुदृष्टि बाट बच्नको लागि हिन्दूहरूले आफ्नो छोरी बैनीलाइ सानै उमेरमा फुली लगाई दिन्थे, किन कि मुगालको रिती संस्कृति अनुसार विवाहित महिलामाथि व्यविचर राख्नु कुदृष्टि राख्नु नराम्रो मानिन्थ्यो र उनी हरूका इस्लाम धर्ममा, विवाहिता महिलाले मात्र नाकमा फुली लगाउँथे । त्यसैले अहिले पनि नेपालका नेवार समुदायले नाकमा फुली लगाउँदैनन् किनकि नेवारहरू नेपालका मुलबासी हुन नेपालका रैबसुवा हुन , तर जो लिच्छवि शासकका चपेटामा परेका थिए जस्तै राई, लिम्बू, यिनीहरूले लिच्छविहरुको देखासिकी गरी फुली लगाए, नेपालको लिच्छविहरु भारतको वैशाली बाट आएको मानिन्छ जहाँ मुगल हरुले आफ्नो साशन चलाएका थिए । तर दौरासुरुवाल र भादगाउँले टोपी नेवारी पोसाक हो सबैलाई थाहा छ । दौरासुरवाल र टोपीले नेपालीको मौलिकता बोकेको छ, पहिचान बोकेको छ । नेपालको मूलबासीको पोषकलाई पन्छाएर, टाई बेल्ट, कोट प्यान्टलाई अंगाल्नु नेपाली संस्कृतिलाई कत्तिको न्याय भएको छ,मीले बुझ्नु आवश्यक देखिन्छ ।

मानव विकासको क्रममा एक समय यस्तो थियोकि टाउकोलाई सुरक्षित राख्न र कपाललाई बचाउन अक्सर चिसो हुने सबै ठाउँमा टोपीको विकास भएको थियो, त्यो पनि त्यहाँको भौगालिक अवस्था अनुसार, अमेरिकन हरूले लगाउने प्राचीन टोपी फरक छ, चीनमा लगाउने प्राचीन टोपी फरक छ, सबै ले टोपी लगाउँथे, त्यसै नेपालमा पनि हेर्ने हो भने भानुभक्तले लगाउने टोपी, मोतीराम भट्टले लगाउने टोपी, भीमसेन थापाले लगाउने टोपी, बलभद्र कुँवरले लगाउने टोपी हेर्दा अहिलेको ढाका टोपी त्यसैको विकसित रूप हो भन्न सकिन्छ ।

ढाका भन्ने शब्द हामी सबैलाइ अवगत नै होला, एउटा बंगलादेशको राजधानी हो, अर्को हाम्रो नेपाली लुगा ढाका छ । यसको बारेमा केही इतिहासकारहरूले आफ्नो विचार यसरी राखेका छन् ।

एक पक्ष इतिहासकारहरुको भनाइ अनुसार बुटौली (बुटवल) का राजा मणि मुकुन्द सेनका पालामा बंगदेशको ढाका बाट केही कारिगरहरू बोलाई नेपालमा नै बुट्टेदार कपडाको टोपी लगाउने चलन थियो भन्ने विचार राख्नु भएको छ । जसलाई अहिले पाल्पाली टोपी संग जोडेको भेटिन्छ तर सेन वंशको इतिहास हेर्दा भारतको बङ्गाल देखि उत्पत्ति भएको मानिन्छ, भारतमा पहिला सेन वंशको राजा सामन्त सेनलाइ मानिन्छ ,सामन्त शेन पछि एक वर्षको लागि हेमन्त शेन राजा भएको मानिन्छ छ र त्यस पछि , विजय शेन उहाँको कार्यकाल ई. सं. १५७५ देखि ई. सं. १६१० सम्म मानिन्छ विजय शेनको कार्यकालमा नै शेन वंश नेपाल भित्रिएको मानिन्छ, र उहाँको देवपडा अभिलेख चर्चित छ, उहाँले जात प्रथा कुलिन प्रथाको सुरुवात गरेका थिए भनिन्छ ११ त्यसपछि वल्लभ शेन, लक्षमण शेन, लक्षण शेनलाई मोहमद अख्तियार खिल जीले त्यहाँ बाट विस्तापित गरेको भनिन्छ ११ राजा लक्षमण सेन भारतको बङ्गालबाट विस्तापित भइसके पछि नेपाल आएको कुरा धेरै इतिहासकारहरूको भनाई पनि छ ११ जे भने पनि शेन वंश नेपालमा भारतको बङ्गाल बाट आएको पक्का पक्की अनुमान गर्न सकिन्छ ।

तर नेपालमा भने शेन वंशको १६ औं पुस्ता रुद्र शेनले नेपालको पाल्पामा राज्य गर्दै आएको मानिन्छ त्यसपछि उहाँका छोरा मणिमुकुन्द शेन ले विक्रम संवत् १५७५ देखि विक्रम संवत् १६१० सम्म बटौलीमा शासन गरेको भनिन्छ ११सो इतिहासलाई आधार मान्ने हो भने, कुनै पनि पोसाकको विकास, समय काल चक्र सँगै हुन्छ । नेपालका शेन वंशले ढाका टोपीको सुरुवा ।
सो इतिहासलाई आधार मान्ने हो भने, कुनै पनि पोसाकको विकास, समय काल चक्र सँगै हुन्छ । नेपालका शेन वंशले ढाका टोपीको सुरुवात गरेका हुन् भने, उनी हरूका पुर्खाले पनि केही न केही रूपमा ढाका टोपी लगाउन थालेका थिए होला तर त्यस्तो कुनै प्रमाण भेटिदैन किनकी बङ्गालको मानिसले त टोपी लगाउँदैनन् जहाँ बाट शेन वंश नेपाल भित्रियो ११ मानौं १६ औ शताब्दीमा मात्र ढाका टोपीको विकास भएको भए पनि।।। ढाका टोपी को सही रूपरेखामा २० औं सताब्दीमा राजा त्रिभुवनको पालामा देखा पर्छ चार सय वर्षको अन्तरालमा भनेको लगभग आठ पिडि हो यो एकदमै ढिलो विकास हो । त्यसैले नेपाली ढाका टोपीको उत्पत्ति अलि ढिलो भयोकि भन्न सकिन्छ, कसरी भन्ने तर्कमा न त शेन वंशका पहिलेको पुर्खाले टोपी लगाएका छन् न पछिको शाखा सन्तानले टोपी लगाएका छन् नेपाली टोपी राजा मणिमुकुन्द सेनको पालमा नै बनेको भनेर भन्न कठिन भए पनि माथिको इतिहास अनुसार नेपाली ढाका टोपी नेपालमा नै बनेको हो भन्न सकिन्छ ।

अर्को एउटा इतिहासकारहरुको भनाइ छ कि श्री ३ जङ्गबादुरकी बैनी डम्बर कुमारी केही कारणबस भ्रमणको लागि बंगलादेश जान्छन् र केही समय त्यहाँ बिताउँछन् , त्यहाँ त्यति बेला कपडाको बुनाई हुन्थ्यो ११त्यो देखेर डम्मर कुमारीको प्रभावित भइन् र त्यहाँको केही करिगरलाइ लिएर नेपाल फर्किनु भो ११
नेपाल पुगे पछि नेपालीपारामा फरक बुट्टेदार लुगा बुन्न लगाउँछिन् बुनिसके पछि त्यो लुगा राम्रो बन्छ, त्यसको के बनाउने भन्दा टोपी बनाए । त्यो टोपी डम्मर कुमारीले आफ्नो दाई जंग बहादुरलाइ उपहार स्वरूप दिइन् र त्यहाँ देखि नेपाली ढाका टोपीको विकास भयो भनिन्छ ।
त्यो बेला देखि बुट्टेदार नेपाली कपडा तर बंगलादेशको ढाकाका करीगरले बनाएकोले ढाका नाम दिइयो भनिन्छ । टोपी त पहिले देखि लगाउँथे, मोतीराम भट्ट, भानुभक्त आचार्य, बलवद्र कुँवर, भीमसेन थापा तर कपडा फरक थियो, टोपीको बनावट फरक थियो ।
त्यसैले नेपाली ढाका टोपी नेपाली नै हो, त्यही नेपालको पहिचान हो नेपालीको आफ्नो परिचय हो । आफ्नो मौलिकताका हो जुन रीति वस्तु हाम्रो पुर्खा सँग जोडिएको छ र हाम्रो पुर्खाले सृजित गरेका थिए ।

फेरि केही साथीहरुको भनाइ छ कि नेपाली टोपी मुस्लिमहरू व्यापार गर्ने सिलसिलामा नेपाल भित्रियो र उनीहरुले नेपालमा टोपीको चलन चलाए या नेपालीलाइ टोपी लगाउन सिकाए, यसलाई प्रस्ट्याउन इतिहास तिर फेरि फर्केर हेर्दा मुस्लिमहरू नेपालमा आउने बाटो भनेको एउटै हो भारत, भारतमा पहिलो मुस्लिम आक्रमण ई. सं. ६३४ मा उमर खलीफा द्वारा जल मार्ग मुम्बईको ठानेमा भएको मानिन्छ त्यहाँका मानिसले त टोपी लगाउँदैनन्, सफल आक्रमण भने मोहमद विन कसिम द्वारा ई. ७१२ मा भएको मानिन्छ यो अफानिस्तान हुँदै भारतको उत्तर पछिम् बाट सिन्ध हुँदै, पंजाब सम्म भएको मानिन्छ ।
यिनी हरुको उदस्य इस्लाम धर्मको प्रचार प्रसार र देशको ढुकुटी लुट्नु थियो । मोहमद विन कसिम यहाँ सम्मका क्रुर थिए कि १७ वर्ष भन्दा माथिका सबै पुरुसलको हत्या गर्थे र महिलालाइ बन्धी बनाएर राख्थे । मोहमद विन कसिम अरबी थिए त्यसपछि भारतमा तुर्क आक्रमण हुन्छ अनि इरानी आक्रमण हुन्छ । यी सबै आक्रमण हुँदा पनि भारतका अरु धर्मका मानिसले मुस्लिम टोपी अनुसरण गरेनन् तर नेपालमा व्यापार गर्न जाँदा कसरी नेपालीले मुस्लिमको टोपीलाइ अनुसरण गरे होलान् त ? कुनै पनि ठाउँको भेषभुषा रहनसहन त्यहाँको भौगालिक अवस्थामा भर पर्छ ११ हिमालले धोती र बनियान लगाएर बस्न सक्दैन र मधेशीले बख्खु लाएर बस्न सक्दैन । यो सबै भौगालिक विभित्ता हो जसको वातावरण जस्तो छ त्यस्तै पोशाकको विकास भो । हामी नेपालीले पनि विदेशी लुगाको अनुसरण गर्नु भन्दा हाम्रै देशको हाम्रा पुर्खाहरूले सृजना गरेको अहिलेको समय सम्मत पोशकलाई प्राथमिकता दिनु आवश्यक छ ।

कसैको भ्रममा नपरी आफूले आफूलाई चिनौ, नेपाल भौगालिक भिन्नता भएको देश हो तराई पहाड हिमाल छ त्यसैले त्यहाँको ठाँउ अनुसार रहनसहनको विकास भएको छ जसले जे लगाए पनि हामी सबै नेपाली, तराई पहाड, हिमाली ।
ढाका टोपी दौरा सुरवाल सबै नेपाली ।

समाप्त

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी