आज माओवादीको महाधिवेशनले नेतृत्व चयन गर्ने

आज माओवादीको महाधिवेशनले नेतृत्व चयन गर्ने

  • शनिबार, पुस १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

नेकपा माओवादीको आठाँै महाधिवेशन आज नेतृत्व चयन गर्दै सम्पन्न हुने भएको छ । शुरुमा विधान पारित भए पछि सोही विधानका आधारमा १५ सदस्यीय पदाधीकारी सहित २९९ सदस्यीय केन्द्रीय सदस्य चयन हुनेछन् ।
शुरुमा अध्यक्षले पदाधीकारी र केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने वा सिधै निर्वाचन कार्यतालिका बनाएर चुनाव गर्ने भन्ने कुनै पनि विकल्पमा माओवादीले नेतृत्व छनौट गर्ने छ ।
अध्यक्षमा प्रचण्ड, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ सहित महासचिव, अन्य उपाध्यक्षहरु, सचिव जस्ता पदाधीकारी हुनेछन् भने अन्य केन्द्रीय सदस्य बन्नेछन् ।
अध्यक्ष बाहेकका पदमा खास गरी महहासचिव र केन्द्रीय सदस्यमा आकांक्षीका संख्या धेरै देखिएका छन् ।
महासचिवमा कृष्ण बहादुर महरा, जनार्दन शर्मा, वर्षमान पुन , पम्फा भुषाल लगायतका नेता आकांक्षी छन् भने केन्द्रीय सदस्यहरुमा पनि आकांक्षी बढी रहेको एक नेताले बताए ।
पुष ११ मा शुरु भएको माओवादीको महाधिवेशन निकै दिन लम्विएर आज नेतृत्व चयन गर्दै आज सकिन लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ