वैज्ञानीक कृषि प्रणाली भित्र्राउन भीमदत्त नगरपालिकाले युवालाई दक्षिण कोरिया पठाउँदै

वैज्ञानीक कृषि प्रणाली भित्र्राउन भीमदत्त नगरपालिकाले युवालाई दक्षिण कोरिया पठाउँदै

  • बिहिबार, पुस १५, २०७८
  • डम्मर दत्त भट्ट

  • 10.2K
    SHARES

महेन्द्रनगर १५ पुस । कञ्चनपुरको सबै भन्दा पुरानो नगरपालिका भीदत्त नगरपालिकाले कृषिमा आधुनिक र वैज्ञानीक प्रविधि भित्र्याउन स्थानीय युवाहरुलाई दक्षिण कोरिया पठाउने भएको छ । नगरपालिकाले मौसमि कृषि श्रमिकहरुलाई ग्याङ्गवन प्रदेश, दक्षिण कोरिया पठाउन त्यहाँको इन्टरनेश्नल अर्वन ट्रेनिङ्ग सेन्टर, ग्याङ्गवन प्रदेशसँग सम्झौता गरेको छ । कार्यपालिकाबाट अनुमोदन गरि सम्झौता पत्र मंगलबार इन्टरनेशनल अर्वन ट्रेनिङ्ग सेन्टर, ग्याङ्गवन प्रदेशलाई पठाएईएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताउनु भयो । उहाँका अनुसार आधुनिक तथा वैज्ञानीक कृषी प्रणालीमा विकासमा फड्को मारेको दक्षिण कोरियाको सिप र प्रविधिलाई स्वदेश भित्र्याउन स्थानीय युवाहरुलाई त्यहाँ पठाउन लागिएको नगर प्रमुख बिष्टले बताए ।
‘कृषी श्रमलाई उत्पादनसँग, उत्पादनलाई रोजगारीसँग जोड्दै गरिबी न्यूनिकरण गर्न सकिन्छ, त्यसका लागि भीमदत्त नगरपालिका कृषिमा वैज्ञानिक र आधुनिक प्रणालि भित्र्याउन चाहान्छ ।’ नगर प्रमुख विष्टले भन्नुभयो । ‘केही समयका लागि युवाहरु विदेश जानु हुन्छ, त्यहाँको सीप र प्रविधि सिक्नु हुन्छ र फर्केर स्वदेशमै त्यसकोे उपयोग गर्नुहुन्छ । यसले कृषीमा वैज्ञानिक प्रणाली विकास त हुन्छ नै कृषी उत्पादनले समग्र देशको अर्थतन्त्रलाई पनि बलियो बनाउँछ ।’
कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्दै दिगो आर्थिक विकास गर्नुका साथै शिक्षित बेरोजगारी हटाउने उद्देश्यले नगरपालिकाले कोरिया सरकारसँग यो सम्झौताको लागि अग्रसरता देखाएको नगर प्रमुख विष्टको भनाई छ । भीमदत्त नगरपालिकामा कम्तिमा ३ वर्ष भन्दा बढी स्थायी बसोबास गरेका ३० देखि ४५ वर्ष उमेर समूहका, अङ्ग्रेजी वा कोरियन भाषाको ज्ञान भएका युवाहरुलाई भीमदत्त नगरपालिकाले छनौट गरि कोरिया सरकारलाई मौसमी कृषि कामदारका लागि सिफारिस गर्नेछ ।
उक्त सम्झौता अनुसार करार अवधि ३ देखि ५ महिना हुने ९रोजगारदाताको इच्छा अनुसार बढी पनि हुन सक्ने० र न्यूनतम् मासिक तलब १ लाख ८० हजार रहेको बताईएको छ । मौसमी कामदार कार्यक्रम इन्टरनेश्नल अर्वन ट्रेनिङ्ग सेन्टर, ग्याङ्गवन प्रदेशको अन्तिम पत्र आएपछि सुरु हुने नगरपालिकाले जनाएको छ । भीमदत्त नगरपालिकाले अर्वन ट्रेनिङ्ग सेन्टरले माग गरे अनुसार सिमित संख्यामा युवाहरु छनौट गरि सिफारिस गर्नेछ । श्रम मन्त्रालयको अनुमतिका लागि नगरपालिकाले तयारी गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी