अपडेट -रौतहटमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

अपडेट -रौतहटमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

  • मङ्लबार, पुस १३, २०७८
  • दिपक चौरसिया

  • 10.1K
    SHARES

बिरगंज, १३ पुस । रौतहटको गढीमाई नगरपालिका–३ गम्हरियाबाट परोहा नगरपालिकाको नरकटियामा जन्ती आएर फर्किनेक्रममा जीप दुर्घटनामा परेको छ ।

रौतहटको गौर-चपुर सडकखण्डको गरूडा नगरपालिकाको वडा न १ जयनगरमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।  गौरबाट गढ़िमाई नगरपालिकाको वडा न ३ गम्हरिया जाँदै गरेको भारतीय बीआर०५पीए ६९५३ नम्बरको उक्त कार जयनगरमा दुर्घटना ग्रस्त भएको इलालका प्रहरी कार्यालय गरूडाका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताए ।

मंगलबार दिउसो रौतहटमा बीआर ०५ पीए ६९५३ नम्बरको भारतीय जीप दुर्घटना हुँदा गढीमाई नगरपालिका–३ गम्हरिया टोल बस्ने १६ वर्षीय शेष नौसाद, २२ वर्षीय शेष सैनुल्लाह, २५ वर्षीय छोटु भन्ने शेष अफताब, ५५ वर्षीय डाक्टर मोसाफिर अन्सारी, ४० वर्षीय शेष अबुलेस र १७ वर्षीय शेष अजिबुल्लाहको मृत्यु भएको रौतहटका डिएसपी सुनिल मल्लले जानकारी दिए।

मृतकको शव एम्बुलेन्सभित्रः तस्बिर दिपक चौरसिया, मिर्मिरे अनलाईन

जीपमा ९ जना सवार थिए। दुर्घटनामा परी घाइते भएकामध्ये पाँच जनाको गरुडाका विभिन्न अस्पतालमा तथा एक जनालाई उपचारको लागि वीरगञ्ज लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए।

घाइते तीन जनाको गरुडा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा मृत्यु भएकाहरुको पहिचान खुलिसकेको छ । त्यस्तै घाईते रहेको २ जनाको ग्रान्डी होस्पिटल गरुडामा उपचार भईरहेको प्रहरिले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ