केन्द्रमा डेलिगेशन गएको आरक्षपीडितले भने, ‘बम आयोगको प्रतिवेदन पीडितको हितमा छ, कार्यान्वयन नगरे आन्दोलन गछौँ ।’

केन्द्रमा डेलिगेशन गएको आरक्षपीडितले भने, ‘बम आयोगको प्रतिवेदन पीडितको हितमा छ, कार्यान्वयन नगरे आन्दोलन गछौँ ।’

  • मङ्लबार, पुस १३, २०७८
  • डम्मर दत्त भट्ट

  • 17.8K
    SHARES

कञ्चनपुर , पुष १३ । कञ्चनपुरका आरक्षपीडितले पूर्नस्थापनाको माग अघि सारेर कर्ण बहादुर चन्द नेतृत्वको आरक्षपीडित संघर्ष समिति अहिले काठमाण्डौँ गएको छ ।
केन्द्रमा डेलिगेशनमा गएको आरक्षपीडितले सुरेन्द्र बम नेतृत्वको आयोगले पीडितको हितमा ल्याएको प्रतिवेदन कार्यान्वयन गर्न माग अघि सारेका छन ।
प्रधानमन्त्री शेर बहादुर देउवा सहित वनमन्त्री लगायतका सरोकारवाला निकायलाई ज्ञापन पत्र बुझाउँदै बम नेतृत्वको आयोगले ल्याएको प्रतिवेदन कार्यान्वयन गर्न माग अघि सारेका हुन । आरक्षपीडितले अहिलेसम्म कुनैपनि आयोगले पीडितको हितमा नल्याएको प्रतिवेदन ३०औँ बम आयोगले ल्याएको भन्दै कार्यान्वयनको माग अघि सारेका छन । प्रधानमन्त्री वनमन्त्री सहितलाई ज्ञापन बुझाएर पीडितले पूर्नस्थापनाका लागि बम आयोगले ल्याएको ६०लाख वा १०कट्टा जमिन दिने प्रतिवेदन कार्यान्वयन गरेर पीडितको पूर्नस्थापना हुने बताएका छन । बम आयोगले कञ्चनपुरको कुकाठ बस्ती विस्तारका लागि योग्यभूमि समेत खोजिदिएको र सो जमिन दिन नसके एकमुष्ठ पीडितको खातामा ६०लाखका दरले मुआब्जा दिनुपर्ने प्रतिवेदन तयार गरेर सरकारलाई बुझाउँदा समेत सरकारले वेवास्ता गरेको भन्दै चिन्ता व्यक्त गरेका छन ।
प्रधानमन्त्री सहितलाई ज्ञापन बुझाएको टोलीले मंगलबार रिर्पोटर्स क्लब काठमाण्डौँमा आयोजित पत्रकार सम्मेलनमा आरक्षपीडितले एक साताभित्रै बम आयोगको प्रतिवेदन कार्यान्वयन नगरेर आन्दोलनको चेतावनी दिएका छन । आरक्षपीडितका अगुवा युवा हिम्मत शाहीले पीडितलाई क्षतिपूर्ति सहित ३० औँ बम आयोगले ल्याएको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको बताए । ‘हामीले जिल्ला प्रदेश हुँदै केन्द्रसम्म आन्दोलन गरेका छौँ, ‘उनले भने, ‘जहाँ पनि ३०औँ आयोगले ल्याएको प्रतिवेदन कार्यान्वयनका लागि माग गरेका छौँ ।’ शाहीले २४ सय ७३ परिवारको पूर्नस्थापना हुनुपर्ने भन्दै माग राखे । आरक्षपीडितका हितमा बोल्दै आएका काँग्रेंस युवा नेता सिरोमणी कुमार ओझा९सुर्य०ले पीडितको पूर्नस्थापनको विकल्प नभएको बताए । आरक्षपीडित संघर्ष समितिका सचिव प्रेमदत्त भट्टले दुई दशक देखि पीडितले पीडा बोक्दै आएको बताउदै उनले पूर्नस्थापनाको विकल्प नभएको बताए । एक साता भित्र माग पुरा नगरे आन्दोलनको चेतावनी दिएका छन । आरक्षपीडित संघर्ष समितिका अध्यक्ष कर्ण बहादुर चन्दले राज्यले हेपाह प्रवृतिले जमिन जोत्नबाट बञ्चित भएको दुखेसो पोख्दै पूर्नस्थापना नगरे आन्दोलनको चेतावनी दिए । ०५८सालमा संकटकालको मौका छोपी शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा उतिबेला समेत प्रधानमन्त्री रहेका प्रधानमन्त्री एव काँग्रेस सभापति शेर बहादुर देउवा अहिलेपनि प्रधानमन्त्री भएकाले तपाईले नै विस्थापित गर्नुभयो, अहिले पनि हजुर नै प्रधानमन्त्री हुनुहुन्छ, पूर्नस्थापना गरिदेउ भन्दै माग अघि सारेका छन । बन्दुकको बलमा विस्थापित पीडिततको दुई दशक वितिसक्दा पनि पूर्नस्थापना नहुँदा पीडित विचल्लीमा परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ