मधेशलाई अलग देश बनाउछु भन्दै अभियान चलाउने क्रममा पक्राउ परेर जेल सजाय भोगेपछि सरकारसँग सम्झौता गरी शान्तिपूर्ण राजनीतिमा आएको घोषणा गरेको सिके राउत समुह पुनः धम्की र उत्छृंखल गतिविधिमा सक्रिय बन्न थालेको देखिएको छ ।
केही समय अघि जनकपुरका खानेपानी कार्यलयका हाकिमलाई हिलो दलेर अर्ध नाग्गो अवस्थामा सडकमा घुमाएको राउत समुहले अहिले सिराहामा आम हड्ताल गर्ने क्रममा थुप्रै सवारी साधनमा तोड्फोड् गर्दै उत्छृखंल गतिविधि गरेको थियो ।
सो क्रममा प्रहरीले नियन्त्रणमा लिएका कार्यकर्तालाई २४ घण्टा भित्र रिहा नगरे जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी हिरा बहादुर पाण्डेलाई बजारको बीच चोकमा ल्याएर जनकार्बाही गर्ने धम्की राउतले दिएका छन् ।
राउतको सचिवालयको नाममा रहेको फेसबुकबाट उक्त धम्की प्रसार गरिएको छ ।
हिरासतमा रहेका आफ्ना कार्यकर्तामाथि दुरव्यवहार भएको राउतको आरोप छ ।
