व्रत बस्नुको कारण के हो?

व्रत बस्नुको कारण के हो?

  • मङ्लबार, पुस १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

पूर्णिमा पछिको एघारौँ दिन अनि औँशी पछिको एघारौँ दिनलाई एकादशी भनिन्छ । हरेक ४० देखि ४८ दिनमा मानव प्रणाली एउटा चक्रबाट गुज्रिन्छ, जसलाई मण्डल भनिन्छ । यो अवधिमा तीन दिनहरू यस्ता हुन्छन्, जब शरीरले खाना खान चाहँदैन । ती ३ दिनहरू व्यक्ति-व्यक्तिहरू बीच फरक हुन सक्छन्, अनि बराबर अन्तरालमा नआउन पनि सक्छन् । यदि तपाईंले ती ३ दिनहरू पत्ता लगाउनुभयो र ती दिनहरूमा शरीरलाई खाना दिनुभएन भने (किनकि शरीरले खान चाहँदैन), यो सरल अभ्यासले पनि तपाईंका थुप्रै समस्याहरू समाधान गर्नेछ ।

″यति क्यालोरी, यति प्रोटिन र यति मिनिरल खानुपर्छ″ भन्ने वाहियात् कुरालाई नपछ्याएर आफ्नो शरीरलाई पर्याप्त ध्यान दिने हो भने, शारीरिक प्रणालीमा हुने यो चक्रलाई अधिकांश मानिसहरूले पहिचान गर्न सक्दछन् । साथै, ती तीन दिनहरू सजिलै थाहा पाउन सकिन्छ । तसर्थ, यो बताइएको थियो कि ४८ दिनमा ३ दिन तपाईंले केही खानुहुँदैन । यो यसकारण भनिएको हो, किनकि कसैले आफ्नो प्रणालीलाई गहिराइमा हेरे अनि त्यसबाट यो कुरा व्यक्त गरे । तर, सबै मानिसहरू यसप्रति सचेतन नहुने भएकोले उपवासको लागि एकादशी निर्धारित गरिएको हो । यदि तपाईंले हेर्नुभयो भने, ४८ दिनमा ३ वटा एकादशी पर्छन् ।

उपवास वा व्रत बस्नुको कारण के हो भने, यसदिन पृथ्वी विशेष अवस्थामा हुन्छ, अनि हामीले आफ्नो शरीरलाई हलुका राखी ग्रहणशीलताको लागि उपलब्ध बनायौँ भने, हाम्रो जागरूकता वा चेतना भित्रतर्फ फर्किन्छ । यसदिन आफ्नो भित्री आयामको ढोका खोल्ने सम्भावना बढी हुन्छ । तर, यदि तपाईंको पेट टन्न भरिएको छ अनि तपाईं अचेतन र सुस्त हुनुहुन्छ भने, तपाईं यसलाई महसुस गर्न सक्नुहुन्न । अतः सतर्क र सजग रहन, साथै शरीरलाई शुद्ध गर्नको निम्ति यसदिन हामी केही खाँदैनौँ— अघिल्लो रातमा खाना खाएपछि हामी एकादशीको रातमा मात्र खाना खान्छौँ ।

आफ्नो कामको प्रकृतिले गर्दा वा उचित साधनाको अभावले गर्दा, तपाईं केही नखाइकन बस्न सक्नुहुन्न् भने, तपाईं फलाहार रोज्न सक्नुहुन्छ— यो पेटको लागि हलुका हुन्छ र आफ्नो भित्री आयामको लागि ढोका खोल्न सहायक हुन्छ । जबरजस्ती केही नखाइकन बस्नु उचित होइन । उपवासको अभिप्राय के हो भने, हामी हरेक चीजलाई चेतनशील हुने प्रक्रिया बनाउन चाहन्छौँ । हामी बाध्यात्मक रूपमा खान चाहँदैनौँ, बरु सचेतनपूर्वक रोज्दछौँ ।

-सदगुरुको प्रवचनमा आधारित

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी