नेपालमा पहिलो पटक चेपाङ समुदायबाट मन्त्री बने प्रजा, यी हुन् आज शपथ लिने बागमति प्रदेशका मन्त्रीहरु

नेपालमा पहिलो पटक चेपाङ समुदायबाट मन्त्री बने प्रजा, यी हुन् आज शपथ लिने बागमति प्रदेशका मन्त्रीहरु

  • शुक्रबार, पुस ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

बागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र तीन राज्यमन्त्रीले आज पद र गोपनीयताको सपथ लिएका छन् । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्मा र नवनियुक्त राज्यमन्त्रीलाई मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सपथ गराएका हुन् ।

पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम तीन मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए । भूमि व्यवस्था सहकारीमन्त्रीमा बलराम पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा मिलनबाबु श्रेष्ठ र संस्कृति तथा पर्यटनमन्त्रीमा दिपेन्द्र श्रेष्ठले सपथ लिएका हुन् ।

भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य र स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले पनि सपथ लिए। राज्यमन्त्रीमा सन्त प्रजा मनोनित भएसँगै पहिलो पटक सरकारमा चेपाङ जातिको प्रतिनिधित्व भएको छ । यसअघि मकवानपुरकै गोविन्द चेपाङ संविधानसभा सदस्य भएका थिए । मकवानपुर चितवनलगायत जिल्लामा चेपाङ जातिको बसोबास रहेको छ ।

बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १४ वटै मन्त्रालयमा मन्त्री नियुक्त भएका छन् । अन्य चार जना राज्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश मन्त्री र राज्यमन्त्रीको कूल सङ्ख्या १८ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी