कञ्चनपुर पुस ,६ । पछिल्लो समय कञ्चनपुरका टिकटक स्टार भनेर चिनिने अंशु वर्माले निरन्तर सामाजिक कार्यमा लागि परेका छन् ।एउटा नारा बोकि अघि बढेका छन् । जहाँ दिन दुखी त्यहाँ हाम्रो टिम भन्ने नाराका साथ बर्मा सामाजिक कार्यमा लागि परेको अंशु बर्माले बताए । उत्त अभियान अन्र्तगत टिकटक स्टार बर्माले सोमबार कञ्चनपुरको भिमदत्त नगरपालिका स्थित महिला तथा वृद्ध सेवा केन्द्रमौ गई सहयोग गरेका हुन् ।
उनले टिकटक लाईभमार्फत भएको आम्दानीबाट सेवा केन्द्रमा सहयोग गरेको बताएका छन् । उनले महिला तथा वृद्ध सेवा केन्द्रलाई ६ पेटि चाउचाउ, २ दर्जन बिस्कुट, मिठाइँ र फलफूल वितरण गरेका छन् ।
आफ्नो आम्दानीबाट असहायलाई सहयोग गर्ने उद्देश्यका साथ खाद्यान्न सहयोग गरिएको बर्माले बताए ।
बेला–बेलामा विभिन्न सामाजिक कार्य गदैँ आएका बर्माले यसअघि अनाथालय, वृद्ध सेवा केन्द्र र बाढी पिडितलाई पनि सहयोग गरेका थिए । ‘आर्थिक अवस्था कमजोर भएका, समस्यामा परेकालाई पनि निरन्तर रुपमा सहयोग गदैँ आएको उनका सहदय साथि बाशुदेव भट्टले बताए । बर्माले मेरो सानो सहयोगले गर्दा असहायहरुको दैनिकी सहज हुन सक्छ भने आफुले उत्त कार्यमा लागेको बताए । सबैले सक्दो सामाजिक क्षेत्रमा सहयोग गर्नुपर्छ भन्ने बर्माको भनाई छ ।’
उत्त कार्यक्रममा अंशु बर्मा ,बाशुदेव भट्ट , नवीन भट्ट , गायत्री भट्ट गीत, अमन सिंह , महेन्द्र सिंह लगायतको सहभागिता रहेको थियो ।