झापा, पौष ७ गते । झापाको दमक नगरपालिका–४ स्थितमा सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाँउपालिका–५ का २१ बर्षिय निर्मल खवासको रहेका छन् ।
हिजो राती साढे ९ बजे बा ३ ख ८६२७ नम्बरको हायसबाट निस्किने क्रममा झरेर घाइते भएका खवासलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पुर्याईएकोमा उपचारको क्रममा राती पौने १२ बजे मृत्यु भएको हो ।
गाडी तथा गाडि चालक धनकुटा नगरपालिका(१० का २७ बर्षिय प्रेम कार्कीलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline