घरघरमा धारा, घेर्मुबासीलाई पानी भर्न पल्लोगाउँ जाने बाध्यता हट्यो

घरघरमा धारा, घेर्मुबासीलाई पानी भर्न पल्लोगाउँ जाने बाध्यता हट्यो

  • बुधबार, पुस ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

लमजुङ, ७ पुस । वर्षौंदेखि खानेपानी समस्या भोग्दै आएका मर्स्याङ्दी गाउँपालिका–५ घेर्मु गाउँमा घरैपिच्छे धारा निर्माण गरिएपछि स्थानीयलाई निकै सहज भएको छ । दिनहुँ पानी भर्न गाउँदेखि टाढा पर्ने पल्लोगाउँ र खोल्सातिर धाउनुपर्ने बाध्यता रहेकोमा एक घर एक धाराुको अवधारणा अनुरुप घरैपिच्छे धारा निर्माण गरिएपछि स्थानीयलाई सहज भएको हो ।

आरसिडिसी हरियो वन कार्यक्रममार्फत् घेर्मुफाँटका ११ घर र मर्स्याङ्दी गाउँपालिका–५का ३५ गरी ४६ घरमा धारा जडान गरिएको हो । घरैपिच्छे धारा जडान गरेपछि निकै सहज भएको घेर्मुफाँटकी धनकाशी गुरुङले बताइन् । ‘पहिले पानीको धेरै दुःख थियो, उनले भनिन्, कहिले पल्लोगाउँमा त, कहिले खोलाकै पानी खानुपर्थ्यो ।’

अहिले धारामा पानी आउने भएकाले दैनिक कामकाज गर्न, वस्तुभाउलाई खुवाउन र करेसाबारीमा सागपातलाई हाल्न समेत सजिलो भएको छ ।

उनीमात्र होइन स्थानिय विष्णुमायाँ गुरुङले पनि वर्षौंदेखि गाउँमा पानीको समस्या भोग्दै आएकोमा अहिले सुविधा पाउँदा सिंगो गाउँबासी नै खुसी भएको बताइन् । उनले भनिन्, ुपहिले पानी लिन अर्को टोलमा जानुपथर्थ्यो अहिले घरमै धारा छ । नाली र कुलोको समेत पानी पिउनुपर्ने बाध्यता थियो अहिले घरमै धारा रहेकाले पानीको समस्या टरेको छ ।

आरसिडिसी हरियो वन कार्यक्रम मार्फत् खानेपानीको व्यवस्था गरिएको उनको भनाइ छ । गाउँदेखि परको चप्रेकुनाबाट पानी ल्याइएको समितिका अध्यक्ष धनप्रसाद गुरुङले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी