ट्रककाे ठक्करबाट ट्युसन पढ्न हिँडेका विद्यार्थीकाे ज्यान गयाे

ट्रककाे ठक्करबाट ट्युसन पढ्न हिँडेका विद्यार्थीकाे ज्यान गयाे

  • सोमवार, पुस ५, २०७८
  • एसवी थापा

  • 9.8K
    SHARES

सर्लाही, ५ पुस।  सर्लाहीकाे लालबन्दीमा ट्रककाे ठक्करबाट एक बालककाे ज्यान गएकाे छ ।

साेमवार पूर्व पश्चिम लाेकमार्गस्थित लालबन्दी नगरपालिका-९, मा ट्रककाे ठक्करबाट चन्द्रनगर गाउँपालिका-१, रतनपुर निवासी १७ वर्षका दिपेन्द्र यादवकाे ज्यान गएकाे हाे । उनलाई ना३ख ७९९० नम्बरकाे ट्रकले ठक्कर दिएकाे इलाका प्रहरी कार्यलय लालबन्दीले जनाएकाे हाे ।

ट्रककाे ठक्करबाट ट्युसन पढ्न हिँडेका बालककाे घटनास्थलमै ज्यान गएकाे थियाे । यादव लालबन्दी नगरपालिकास्थित जनज्याेति माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत थिए । बालककाे शव जिल्ला अस्पताल मलंगवामा परीक्षणपछि आफन्तकाे जिम्मा लगाइएकाे छ ।

घटनालगत्तै स्थानीय र विद्यार्थीकाे समूहले केहीबेर पूर्व पश्चिम लाेकमार्गमा टायर बालेर अवरूद्ध गरेका थिए । सबैलाई सम्झाइ बुझाई गरेर सडक सुचारू गरिएकाे प्रहरीले जनाएकाे छ ।

घटनामा संलग्न सवारी र चालकलाई इलाका प्रहरी कार्यलय लालबन्दीले नियन्त्रणमा लिएकाे छ । घटनाकाे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ