एमसीसीबारे धारणा बनाउन सत्ता गठबन्धनले बनायो तीन सदस्यीय कार्यदल

एमसीसीबारे धारणा बनाउन सत्ता गठबन्धनले बनायो तीन सदस्यीय कार्यदल

  • आइतवार, पुस ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, ४ पुस । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को प्रावधानबारे अध्ययन गर्न सत्ता गठबन्धनले तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमसीसीको विरोध भएसँगै यसका प्रावधान बारे अध्ययन गर्न तीन सदस्यीय कार्यदल गठन गरिएको हो ।

अध्ययन कार्यदलमा सरकारकातर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन् भने गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र नेकपा ९माओवादी केन्द्र०का नेता नारायणकाजी श्रेष्ठ रहेका छन् ।

कार्यदलले एमसीसीका त्यस्ता विवादास्पद बुँदाहरूमाथि अध्ययन गर्ने र त्यसबारे धारणा बनाएर शीर्ष नेताहरूमाझ प्रस्तुत गर्ने छ ।

आजको सर्वदलीय बैठकमा सरकारका तर्फबाट कार्कीले एमसीसी पेस गर्ने र अनुमोदन गर्ने विषय राखेका थिए तर बैठकमा सहभागी दलहरुले यसको चर्को बिरोध गरे । गठबन्धनकै माओवादी र एकीकृत समाजवादीका साथै राप्रपा, राजमोले एमसीसी त्यतिकै पास गर्न नहुने बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ